Thursday, October 22For your kind information
Shadow

स्वास्थ्य

कोरोना भाइरसको २ करोड ५० लाख खोप नेपाल आउने: खुशीको माहोल

कोरोना भाइरसको २ करोड ५० लाख खोप नेपाल आउने: खुशीको माहोल

नेपाल, बिदेश, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौं । रुसले उत्पादन गरेको कोरोना भाइरसवि’रुद्धको खोप नेपालमा आउने भएको छ । नेपालमा २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ भित्र्याउने सम्झौता भएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच सम्झौता भएको हो। नेपाल ल्याइने साढे २ करोड डोज भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्यालाई समेट्ने छ। यो भ्याक्सिन ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित रहेको बताइएको छ।रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको यो भ्याक्सिनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमाथि सफल परीक्षण गरिएको भनेर प्रचार गरिँदै आएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग सहकार्य गरी कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरिएको ट्रिनिटीका निर्देशक किशोर अधिकारीले बताउनुभयो । स्पुटनिक–५ को अन्तिम परीक्षणको नतिजा र ने...
डब्लु एच ओले कोरोनाको खोपका बारेमा भन्यो यस्तो डरलाग्दो कुरा: यती धेरै मानिस मर्ने

डब्लु एच ओले कोरोनाको खोपका बारेमा भन्यो यस्तो डरलाग्दो कुरा: यती धेरै मानिस मर्ने

नेपाल, बिदेश, समाचार, स्वास्थ्य
काठमाडौँ, १० असोज: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको खोप आए पनि करिब २० लाख मानिसको मृत्यु हुने बताएको छ । विश्वव्यापी रूपमा कोरोना भाइरस तीव्र रुपमा फैलिएको भन्दै संगठनले खोप आएपनि मर्नेको संख्या भने २० लाख मानिको मृत्यु हुने सम्भावना रहेको बताएको हो । डब्ल्यूएचओको स्वास्थ्य आपतकालिन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले खोप पत्ता लागे पनि त्यसको प्रभावकारी प्रयोग हुनु पहिला नै २० लाख मानिसको मृत्यु हुने सम्भावना उच्च रहेको चेतावनी दिएको छ। डा.माइक रयानले अन्तर्राष्ट्रियस्तरमा नै खास अभियान नचलाए यो संख्या अझ बढ्ने बताएका छन्। चीनमा गत वर्षको अन्त्यमा कोभिड–१९ देखिए यता करीब १० लाख मानिसको मृत्यु भइसकेको छ। विश्वमा संक्रमण दर निरन्तर बढिरहेको र अहिले तीन करोड २० लाख उपचाररत संक्रमित रहेको बीबीसीले जनाएको छ । न्युज २४ नेपालबाट साभार ।...
७ महिने गर्भवती बाथ्रूम मा लडिन : कुनै अस्पतालले उपचार गर्न नखोजे पछी मृत्यु

७ महिने गर्भवती बाथ्रूम मा लडिन : कुनै अस्पतालले उपचार गर्न नखोजे पछी मृत्यु

स्वास्थ्य
सौच गर्न गएकी कानेपोखरी गाउँपालिका ५ की २३ वर्षीया सविना थापा मंगलबार राति १० बजेतिर घर नजिकैको शौचालयमा लडेकी थिइन् र बिहीबार बिहान मृत्यु भएको हो। लडेका कारण स्वास्थ्यमा थप समस्या हुँदै गएपछि परिवारका सदस्यले उनलाई बुधबार राति उपचारका लागि विराटनगर ल्याएका थिए। सात वटा अस्पताल पुर्याउँदा पनि उपचार नपाएका कारण लडेर घाइते भएकी मोरङकी एक गर्भवती महिलाको मृत्यु भएको छ। एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पुर्याए पनि कुनैले उपचार गर्न नमानेको सविनाकी आमाजू दुर्गा सुन्दासले बताइन्। सविनाका बुवा चन्द्र थापाले डुलाउँदा डुलाउँदै सबै अस्पताल पुर्याए पनि भर्ना लिन र उपचार गराउन नमानेका कारण छोरीले मृत्युवरण गर्नु परेको अन्‍नपूर्ण अनलाइनलाई बताए। अस्पतालले लग्ने वित्तिकै उपचारसम्म सुरु गरिदिएको भए बाँच्ने अवस्था रहेकी छोरीले अकालमा ज्यान गुमाउनु परेको उनको गुनासो छ। सविनाका श्रीमान भरत...
काठमाडौँ उपत्यकाका नगरपालिकाका मेयरहरूले १५ दिन कर्फ्युको माग

काठमाडौँ उपत्यकाका नगरपालिकाका मेयरहरूले १५ दिन कर्फ्युको माग

स्वास्थ्य
कोरोना संक्रमण फैलिएकाले दुई साता कफ्र्यु आदेश जारी गरी निषेधाज्ञा कडा बनाउनुपर्ने मेयर फोरमको सुझाव छ । काठमाडौँ उपत्यकाका नगरपालिकाका मेयरहरूले १५ दिन कर्फ्यु लगाउन माग गरेका छन् । उनले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोक्न संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यु नै सबैभन्दा उत्तम विकल्प भएको जानकारी दिएका हुन् । कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने भन्दै उनले खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्नेतर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको बताएका हुन् । विपन्न वर्गहरुलाई उनले आफु बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने बताएका छन् । काठमाडौँ उपत्यकामा भदौ तीन गते मध्यरातदेखि निषे...
नागर्जुनका १५ महिने कोरोना संक्रमित बालकको हालत यस्तो: स्वास्थ लाभको कामना गर्दै सेयार गर्नुहोला

नागर्जुनका १५ महिने कोरोना संक्रमित बालकको हालत यस्तो: स्वास्थ लाभको कामना गर्दै सेयार गर्नुहोला

स्वास्थ्य
काठमाडौंको नागार्जुन नगरपालिकामा १५ दिनको शिशुमा नोवल कोरोना भा’इरस संक्रमण देखिएको छ । ती शिशुको बिहीबार पोजेटिभ रिपोर्ट आएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक अधिकारीले जानकारी दिए ।‘कन्ट्या’क्ट ट्रेसिङ’ का क्रममा शिशुको कोरोना परीक्षण गरिएको थियो ।   गत सोमबार ती शिशुका ३४ वर्षीय बुबालाई सास फेर्न गा’ह्रो भएपछि सातदो’बाटो’स्थित एक निजी अस्पताल लगिएको थियो । अस्पतालले बिरामीको उपचार गर्न नमानेपछि पाटन अस्पताल पुर्‍याइयो । उनीबाट नै शिशुमा कोरोना स’रेको बताइएको छ। पाटन अस्पतालले उपचार त गर्‍यो तर आ’ई’सीयू नपुग्ने भनेपछि फेरि म’ण्डिखा’टरस्थित निजी अस्पताल पुर्‍याइयो’ । उनका एक आफन्तले भने, ‘परीक्षण गर्दा उहाँको रिपोर्ट पोजेटिभ आयो ।’ त्यसपछि शिशुको आमा र हजुरबुबाको समेत रिपोर्ट पोजेटिभ आएको छ । एकाघरमा बस्दै आएका शिशुका हजुरआमा र काकाको भने रिपोर्ट ने’ग’टिभ आएको छ । नवज...
अब आफ्नै खर्चमा कोरोना परीक्षण गर्नु, सरकारले सक्दैन : स्वास्थ्य मन्त्रालय

अब आफ्नै खर्चमा कोरोना परीक्षण गर्नु, सरकारले सक्दैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य
स्वास्थ्य मन्त्रालयले अब सरकारले सबैको कोरोना परिक्षण गर्न नसक्ने संकेत गर्दै आफ्नै खर्चमा अनिवार्य पीसीआर परिक्षण गराउन उर्दी जारी गरेको छनेपालमा पछिल्लो समय कोरोना भाइरसकाे संक्रमण बढ्दै गएको भन्दै सरकारले यस्तो उर्दी जारी गरेको हो । सपिङ मल, रेष्टुरेन्ट, होटल लगायतका व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न सरकारले भनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्तिमा जारी यस्ता व्यवसायमा संलग्न हुने र धेरै मानिसहरुको सम्पर्कमा आउने व्यक्तिमा कोरोना संक्रमणको जोखिम धेरै हुने हुँदा अनियार्य पीसीआर जाँच गर्नुपर्ने जनाएकाे हाे। नेपालका विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ। त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको ...
२५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट बैठकको माग भएपछि प्रधानमन्त्री असन्तुष्ट

२५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट बैठकको माग भएपछि प्रधानमन्त्री असन्तुष्ट

स्वास्थ्य
प्रधानमन्त्री ओलीले संकटको बेलामा गैरजिम्मेवार भएको भन्दै आफ्नै पार्टीका नेताहरु प्रति असन्तुष्टि जनाएका छन् ।उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाह, जनताप्रति उदाशिन हुनै स्वार्थका पछाडी कुदेको टिप्पणी गरेका थिए। सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन् । उनले भने, " केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ । तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? स्थायी कमिटी अहिले नै बस्नुप¥यो, भरे बस्नुप¥यो त्यसबाहेक केही छैन । यो देश र...
काठमण्डौ उपत्यकामा फेरि लकडाउन हुन सक्ने

काठमण्डौ उपत्यकामा फेरि लकडाउन हुन सक्ने

स्वास्थ्य
कोभिड–१९ महामारीको खतरा बढेपछि काठमण्डौ उपत्यकामा फेरि लकडाउन गर्ने कि भन्नेबारे छलफल सुरु भएको छ ।पहिला पनि उपत्यकामा दैनिक ५० जना हाराहारीमा संक्रमित देखिन थालेका छन् । सरकारले गत ११ चैतदेखि घोषणा गरेको लकडाउन ६ साउनको राति १२ बजेबाट अन्त्य भएको थियो । लकडाउन खुलेसँगै मानिसहरुमा सचेतनाको पक्ष कमजोर देखिँदा संक्रमणको जोखिम उच्च भएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली र मन्त्रीहरु महामारीको अवस्था केही समय हेरेर आवश्यक परे पुनः लकडाउन गर्नुपर्ने मनस्थितिमा पुगेका छन् । ‘काठमाण्डुसहित बाहिरका केही सहरमा जसरी महामारीको जोखिम समुदायस्तरमा फैलने खतरा बढेको छ, यो अवस्थालाई हेर्दा फेरि लकडाउन गर्नुपर्ने हो कि जस्तो देखिएको छ’, सीसीएमसीमा रहेका एक मन्त्रीले भने, ‘लकडाउन फेरि गर्नुपर्ने सुझावहरु पनि आउन थालेका छन् । बिहीबार उपत्यका प्रवेश गरेकामध्ये २४ जनामा कोरोना पोजेटिभ देखिएको थ...
विराटनगरको न्युरो अस्पतालका चिकित्सकलाई पनि कोरोना देखियो: जताततै कोरोना फैलने डर

विराटनगरको न्युरो अस्पतालका चिकित्सकलाई पनि कोरोना देखियो: जताततै कोरोना फैलने डर

स्वास्थ्य
विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ । ति चिकित्सक विराट नर्सिङहोममा पनि कार्यरत थिए । संक्रमित चिकित्सकलाई शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । न्यूरो अस्पताल विराटनगरका निर्देशक राजेश भट्टराईले संक्रमित चिकित्सकले काम गरेको इमरजेन्सी कक्ष सिल गरिएको बताए । संक्रमित चिकित्सकको सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको उनले बताए । यस अघि विराटनगर अस्पतालका सञ्चालकलाई कोरोनो पोजेटिभ देखिएपछि हस्पिटलका अन्य चिकित्सकहरुको पीसीआर चेकजाँच गर्दा शुक्रबार उनको पनि पोजेटिभ आएको थाहा भएको थियो । उनमा कोरोना पोजेटिभ देखिएपछि तत्काल धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्...
विराटनगरमा शनिबारदेखि दुई हप्ताको लागि फेरि लकडाउन

विराटनगरमा शनिबारदेखि दुई हप्ताको लागि फेरि लकडाउन

स्वास्थ्य
कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै विराटनगरमा शनिबारदेखि दुई साताको लागि फेरी लकडाउन घोषणा गरिएको छ। 'अहिले विराटनगरमा मात्र सयभन्दा बढी संक्रमित छन्। त्यसमा पनि ६१ जना संक्रमितको ट्राभल हिस्ट्री छैन। त्यसैले संक्रमण समुदायमा गइसक्यो भन्ने हो,' उनले भने, 'त्यसकारण भोलिदेखि लागू हुने गरी दुई साताको लागि लकडाउन गर्ने भनिएको हो।' अब भोलिदेखि विराटनगरमा अत्यावश्यक सेवाबाहेक सबै कुरा बन्द हुनेछन्। सरकारले कुनै साउन ७ गतेदेखि चार महिने लकडाउन अन्त्यको घोषणा गरे पनि संक्रमण बढ्दो देखिएपछि ठाउँ-ठाउँमा स्थानीय सरकारले भने अझै सन्क्रमित नफैलियोस भनेर घोषणा गरेका छन्। यसअघि स्वास्थ्य मन्त्रालयले कुनै जिल्लामा २ सय 'एक्टिभ केस' भए पूर्ण लकडाउन गर्न सकिने भनेको थियो।...