Wednesday, August 5For your kind information
Shadow

राजनिती

‘हामी जालझेल र ढाटछल गर्न सकिन्न। पार्टीभित्र तीखो बहस हुन्छ’ : प्रचन्ड

‘हामी जालझेल र ढाटछल गर्न सकिन्न। पार्टीभित्र तीखो बहस हुन्छ’ : प्रचन्ड

राजनिती
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रको बहस नेतृत्व प्राप्तिका लागि नराम्रो बताएका छन्। पद प्राप्तिका लागि तछाडमछाड भइरहेको भन्ने प्रचार गर्न खोजिएको भन्दै प्रचण्डले भने, ‘यो पदको झिनाझम्टी विल्कुलै होइन।' ‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो,’ तुलसीलाल अमात्यको स्मृतिमा शनिबार भएको कार्यक्रममा प्रचण्डले भने, ‘पद हाम्रो विषय होइन। राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं।’ पद दिएर कम्युनिष्टसँग एकता हुन नदिनेहरूसँग विगतमा आफू लड्दै आएको पनि प्रचण्डले बताए। ‘बहस गर्दा पार्टी फुट्न लाग्यो, छियाछिया हुन्छ भन्ने होइन,’ उनले थपे, ‘हामी जालझेल र ढाटछल गर्न सकिन्न। पार्टीभित्र तीखो बहस हुन्छ। बुर्जुवाहरूमा भने तीखो बहस हुन्न, लुटेर खाने कुरामा उनीहरू एक हुन्छन्।’ उनले पार्टी एकता रक्षा गर्दै देखा परे...
कुनैपनि हालतमा एमसीसी पास गर्नुपर्ने बाध्यता छ: अर्थमन्त्री खतिवडा

कुनैपनि हालतमा एमसीसी पास गर्नुपर्ने बाध्यता छ: अर्थमन्त्री खतिवडा

राजनिती
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकार अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले अन्तर्राष्ट्रिय समुदायसंगको सम्बन्ध र कुटनीतिक विश्वासका लागि पनि कुनै हालतमा एमसीसी पास गर्नुपर्ने अवस्थामा रहेको बताउनुभएको छ । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा खतिवडाले सरकारको समृद्धिको सपना साकार पार्न एमसीसी लगायतका वैदेशिक अनुदान सहयोग स्वीकार्नुपर्ने बाध्यतामा भएको बताउनुभयो । मन्त्री खतिवडाले एमसीसी अनुमोदनको विषय संसदमा विचाराधीन रहेकाले एमसीए नेपाल अन्तर्गतको काम प्रभावित भएको बताउनुभयो । सरकारले अहिले आफ्नो तर्फबाट स्थानीय आवश्यक खर्च गरिरहेको बताउँदै दाताले दिने रकमको टुंगो नलगाए नेपाल सरकार नै बढी फस्ने र एकतर्फी भारमा पर्ने अवस्था भएको बताउनुभयो । एमसीसी अनुमोदन नगर्दा सरकारको संस्थागत दायित्व र कुटनीतिक विश्वासमा असर पर्ने बताउँदै अन्तर्राष्ट्रिय समुदाय...
सुवास नेम्वाङ भन्छन: ओलीले राजिनामा दिनुहुन्न जबर्जस्ति गरे पार्टी फुटछ

सुवास नेम्वाङ भन्छन: ओलीले राजिनामा दिनुहुन्न जबर्जस्ति गरे पार्टी फुटछ

राजनिती
काठमान्डौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व सभामुख अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता सुवासचन्द्र नेम्वाङले अहिले प्रधानमन्त्री तथा अध्यक्ष बाट ओलीले राजिनामा नदिने स्पस्ट पारेका छन् । नेकपाभित्र जारी विवाद सुल्झाउन अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर संवादमा रहेका नेकपा संसदीय दलका उपनेता नेम्वाङले यस्तो भनेका हुन् । उनले भनेका छन् मैले यो कुरा साह्रै प्रष्ट शब्दमा भनेको छु । अध्यक्ष परिवर्तन गर्ने ठाउँ भनेको महाधिवेशन हो । हामीले पहिले नै महाधिवेशनको बारेमा गएको केन्द्रीय कमिटीको (माघ १५–१९) बैठकले सर्वसम्मतिले चैतमा गर्ने भनेका छौं । हामी आफैँले गरेको निर्णय हो । हाम्रोमा नेतृत्वलाई परिवर्तन गर्ने, नयाँ चयन गर्ने भनेको महाधिवेशन हो । जहाँसम्म प्रधानमन्त्रीको कुरा छ, आवधिक निर्वाचन गर्ने, अनि त्यसबाट प्रधानमन्त्रीको चयन हुन्छ । ...
ओलिलाई अब दुवै पदबाट विदा गर्नुपर्छ ओली भनेको गोमन साँप हो: मन्त्री पुन

ओलिलाई अब दुवै पदबाट विदा गर्नुपर्छ ओली भनेको गोमन साँप हो: मन्त्री पुन

राजनिती
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता वर्षमान पुनले अब पार्टीको विधिमाथि कुनै पनि नेता नहुने धारणा राखेका छन् । आफूलाई भेट्न आएका आफ्ना निकट कार्यकर्ताहरुसँग निवासमा मंगलवार कुराकानी गर्दै पुनले मिलाउनका लागि सबै प्रयासलाई प्रधानमन्त्री केपी ओलीले धोती लगाएको बताउँदै समझदारीमा एउटा पद र वि’वाद कायम भइरहदा दुवै पदबाट विदा दिनुपर्ने मत राखेका छन । सबैसँग सन्तुलन मिलाउन जान्ने पुनले सदा आफ्नो स्वभावभन्दा फरक प्रस्तुति गर्दै भने, ‘केपी ओली भनेको गोमन साँप हो । उसको टाउकामा हानिसकेपछि पनि पुच्छर हल्लिरहेमा फर्केर पनि त्यसलाई आ’क्रम’ण गर्नुपर्छ । सर्प हल्लेको बचेको सर्पले १२ वर्षपछि पनि आ’क्रम’ण गर्ने व्यक्तिलाई टो’क्न सक्छ । केपीसँग कि आत्मसमर्पण गर्ने नत्र उनलाई नेस्तानावुद गर्नुपर्छ। केपीमा व’दला भाव भएकाले सम्झौता लामो समय नटिक्ने उनको मत रहेको छ । पार्टी फुटाउ...
भीम रावलले दिए ओलिलाई एस्तो चेतावनी: सधै बैठकबाट भागेर पार्टी चल्दैन

भीम रावलले दिए ओलिलाई एस्तो चेतावनी: सधै बैठकबाट भागेर पार्टी चल्दैन

राजनिती
काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सधैं बैठकबाट भागेर निकास ननिस्किने स्थायी कमिटी सदस्य भीम रावलले बताएका छन् । ओलीले पार्टी संगठनका बैठकमा सहभागी भएर निर्णय गरेर अगाडि बढ्नुपर्ने रावलको भनाइ छ । नेता रावलले पुष्पकमल दाहाल प्रचण्डको पनि साथ छोडेका छन । मंगलवार प्रचण्ड र माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा रावलले यसको छनक दिएका छन । बैठकमा रावल प्रचण्डमाथि कड्किएका थिए । ओलीसँग तपाई (प्रचण्ड) को हुने पदको झगडामा म सामेल छैन । तपाईहरु पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन । वामदेवको प्रस्ताव राम्रो छ । पदका लागि यो झगडाले मुख देखाउन लायक भएनौं बैठकमा रावलले आक्रोश पोखेका थिए । अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य सहभागी बैठकले त्यसरी एकतर्फी रूपमा बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय अन...
प्रचण्ड भन्छन: कमरेडहरु तयार रहनुस पार्टी विभाजन हुनसक्छ

प्रचण्ड भन्छन: कमरेडहरु तयार रहनुस पार्टी विभाजन हुनसक्छ

राजनिती
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् । पार्टी गम्भीर अस्थामा पुगेको भन्दै प्रचण्डले यसबेला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने कुरामा जोड दिए । मंगलबार ओली बिनाको स्थायी समिति बैठकमा उनले भने, ‘यो बेला उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ । प्रचण्डले अगाडि भने, ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउनु होला, ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो यसलाई कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन । प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि बालुवाटारमा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठक बस्नुअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको भएप...
जति खोके पनि आखिर देश बिकास गर्ने कांग्रेस र तरुणले होः जितजंग बस्नेत

जति खोके पनि आखिर देश बिकास गर्ने कांग्रेस र तरुणले होः जितजंग बस्नेत

राजनिती
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कांग्रेसलाई ठूलो दल बनाउने दायित्व तरुणहरूको काँधमा आएको बताएका छन् । नेपाल तरुण दल धादिङले धादिङबेसीमा ‘तरुण आवाज’ नामक किताबको शुक्रबार विमोचन गर्दै अध्यक्ष बस्नेतले तरुणहरूलाई पार्टीको क्रियाशील सदस्यता दिएर बलियो बनाउनुपर्ने बताए । उनले अहिले कायम रहेको क्रियाशील सदस्यतामा पचास प्रतिशत क्रियाशील सदस्यता थप गर्न सकिने बताए । पार्टीलाई बलियो बनाउन पचास प्रतिशत क्रियाशील सदस्यता बनाएर ल्याउनुछ उनले भने, कांग्रेसले मुलुकका सबै परिस्थितिको सामना गर्न सक्छ । हिजोका दिनमा चुनौति र परिस्थितिको सामना गरेर आएको छ । कांग्रेसले दुई पटक संविधान बनायो । राणा फाल्यौँ हामीले । राजा फालियो हामीले अध्यक्ष बस्नेतले भने, जंगलमा रहेको माओवादीलाई ल्याउने हामीले । शेरबहादुर देउवाको पालामा चुनाव गरेको हामीले हो । कम्युनिस्टले नसकेपछि संविधान कांग्रेसकै नेतृत्वमा ब...
ओलीलाई बिदाइ गरौं, भन्दै यस्तो लेखे बाबुराम भट्टराईले फोटो सहित

ओलीलाई बिदाइ गरौं, भन्दै यस्तो लेखे बाबुराम भट्टराईले फोटो सहित

राजनिती
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देशमा बढिरहेको संकटबाट मुक्तिका लागि ५ वटा प्रस्ताव अघि सारेका छन् । नेता भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै संसद अधिवेसन बोलाउने र केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न प्रस्ताव गरेका छन् । उनले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन पनि माग गरेका छन् । ‘देश गम्भीर संकटतिर जाँदैछ । लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं,’ भट्टराईले सारेका पाँच प्रस्तावमा भनिएको छ, ‘१. संसद अधिवेशन बोलाऊँ । २. केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं । ३. अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ । ४. भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं । ५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ । ’श्रमतीको ह त्या गर्ने सशस्त्र...
युवा नेताहरुकै भेलामा गगनले दिए सभापति लडने स‌ंकेत के पूरा होला त ?

युवा नेताहरुकै भेलामा गगनले दिए सभापति लडने स‌ंकेत के पूरा होला त ?

राजनिती
काठमाडौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन कुमार थापाले आगामी महाधिवेशनबाट सभापतिमा उठ्ने संकेत दिएका छन् । नेपाली कांग्रेसकै युवा नेताहरु सहभागी भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता थापाले कि तपाईहरु लड्नुहोस कि मलाई सहयोग गर्नुहोस भन्दै सभापति पदमा उठ्ने संकेत दिएका हुन् । प्रजातान्त्रिक विचार समाजले गरेको नेपाली कांग्रेसलाई भरोसाको केन्द्र बनाउन युवा नेताहरुको संगठित प्रयास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता थापाले भने: अबको महाधिबेशनमा जो सभापतिमा उठेर जित्छ उसले आमनिर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन नसके राजीनामा दिनुपर्छ । कार्यक्रममा नेता थापाले सभापति जो आएपनि पार्टीलाई बहुमत दिलाउने एजेण्डा बोक्न तयार हुनुपर्ने बताएका हुन् । थापाले युवा नेताहरुप्रति कांग्रेसका लाखौं कार्यकर्ताहरुको भरोसा रहेको भन्दै आफ्नो पुस्ताबाट कसैले नेतृत्वमा दावी गरे...
माधव नेपाल भन्छन: कसैले पार्टी फुटाउछु भन्दैमा थरथर काँपिन्न पूरा हेर्नुहोस

माधव नेपाल भन्छन: कसैले पार्टी फुटाउछु भन्दैमा थरथर काँपिन्न पूरा हेर्नुहोस

राजनिती
काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई कसैले पनि फुटाउन नसक्ने दाबी गरेका छन् । नेकपाभित्र विवाद चर्किएका कारण एक महिनादेखि स्थायी कमिटी बैठक निर्णयविहीन बनिरहेका वेला नेपालले पार्टी फुटाउन खोजे व्यक्ति मात्र चोइटिने अवस्था रहेको बताए । पुष्पलाल स्मृति दिवसका असरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा नेपालले भने, ‘पार्टी फुटाएर आन्दोलनलाई समाप्त पार्ने मूर्खतापूर्ण काम कसैबाट नहोस् । कम्युनिस्ट पार्टी फुट्दैन, फुट्नेवाला छैन । कसैले चोइट्याउन खोजे एक्लिन्छ । ’कसैले पार्टी फुट्छ भन्दा थरथर काम्नुपर्ने अवस्था नहरेको उल्लेख गर्दै उनले कम्युनिस्ट पार्टी अघि बढ्ने र जनताको विश्वास जित्ने काममा लाग्नुपर्ने बताए । उनले विधि र पद्धतिले विचारको पनि टुंगो लगाउन र संगठनलाई सुचारु गर्न सकिने उल्लेख गरे । ‘म नै राज्य भन्ने, सर्वा...