Wednesday, August 5For your kind information
Shadow

नेपाल

देश्को सिमामा दुइ प्रहरी सहिद

देश्को सिमामा दुइ प्रहरी सहिद

नेपाल
कोभि ड–१९ फैलिन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको निधन भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उहाँको निधन भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । प्रहरी हबल्दार मगरको निधन बारे तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । पहिला पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षकको ड्युटीकै अवस्थामा निधन भएको थियो । भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार निधन भएको थियो । भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका कार्की अचानक बे’होस भएर ढ’लेपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पु¥याइएको थियो । अस्पतालमा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक राजु दाहालले बताए । शवको...
छिमेकि देशबाट व्यवसायिक फाइदा लिएर मुलुक समृद्ध बनाउन सकिन्छ: भट्टराई

छिमेकि देशबाट व्यवसायिक फाइदा लिएर मुलुक समृद्ध बनाउन सकिन्छ: भट्टराई

नेपाल
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यवसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन । सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले छिमेकी तथा मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्न नसक्ने बताए । भारतसँग पछिल्लो समय देखिएको सिमा विवादलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिदै उनले छिमेकीलाई चिड्याएर होइन्, उनीहरूसँग मित्रवत व्यवहार देखाउनुपर्ने बताए । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले छिमेकी तथा मित्रराष्ट्रको विषयमा सधैँ चिड्याउने ढंगले उटपट्याङ बोल्ने गरेकाले परराष्ट्र सम्बन्ध नै बिग्रिन थालेको आरोप लगाए । पूर्वसञ्चारमन्त्री राजकिशोर यादव, प्रदेश नं २ का आर्थिक मामिला तथा कानू...
विश्वकै सामु नेपाललाई चिनाउने ‘मेमोरी किङ्ग विजय शाहीको सुत्र यस्तो छ ! सम्मान सोरुप १/१ शेयर गराैं

विश्वकै सामु नेपाललाई चिनाउने ‘मेमोरी किङ्ग विजय शाहीको सुत्र यस्तो छ ! सम्मान सोरुप १/१ शेयर गराैं

नेपाल
काठमाडौ । विजय शाही जसलाई मेमोरी किगंका रुपमा अहिले नेपालमा मात्र होइन विश्वभर चर्चा छ । उनी कालिकोटका स्थानिय युवा हुन् । शाहीले मेमोरी किंगका रुपमा विश्व रेकर्ड कायम गरेका छन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । आफ्ना दाई तथा मित्र मनिष श्रेष्ठ (उनी पनि विश्व रेकर्ड कायम गरेका नै हुन) संगै अन्तरवार्तामा आएका शाहीले प्रत्यक्ष भिडियोमा पनि आफ्नो जादु देखाएका छन् । विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई छ । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् । एक मिनेटमै एक सय भन्दा बढी शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् । त्यसका लागि उनले निकै मेहनत र संघर्ष भने गरेका थिए । शाहीले एक मिनेटमा अगाडि र पछा...
कालापानीका बारे भारतलाई कडा जवाफ दिने आँटिला सिडिओ पोखरेल

कालापानीका बारे भारतलाई कडा जवाफ दिने आँटिला सिडिओ पोखरेल

नेपाल
काठमाडौं । भारतको स्थानीय प्रशासनले कालापानी क्षेत्रमा लुकीछिपी नेपाली समूहको प्रवेश हुनसक्ने सूचना पाएको र त्यसबारेमा नेपाली पक्षले पनि आफूलाई अवगत गराउन भनी पत्र लेखेको दुई सातापश्चात् नेपाली स्थानीय प्रशासनले गतिलो जबाफ फर्काएको छ । त्यसरी पत्र फर्काउने नेपाली हुन्, दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल । उहाले भारतीय पक्षबाट पत्र प्राप्त हुनासाथ संघीय सरकारलाई जानकारी गराएपछि जवाफ फर्काएको बताउनु भयो । ‘भारतले पत्रमा उल्लेख गरेका ती क्षेत्र नेपाली भूमि हुन् भन्नेमा शङ्का छैन, नेपाली भूमिमा हिँड्डुल गर्न पूर्ण स्वतन्त्रता नेपाली नागरिकलाई छ’ उहाले भन्नुभयो । केन्द्रबाट गृह मन्त्रालयको निर्देशनपछि भारतीय पत्रको जबाफ नेपाली पक्षले फर्काएको छ । जिल्ला प्रशासनले कार्यालय दार्चुलाले मङ्गलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेख्दै भारतले दाबी गरेको क...
बिहे गरि अमेरिका लैजाने भन्दै केटाहरुलाई दुई युवतीले यतिसम्म गरेको खुलासा

बिहे गरि अमेरिका लैजाने भन्दै केटाहरुलाई दुई युवतीले यतिसम्म गरेको खुलासा

नेपाल
काठमाडौं । गम्भीर घटनामा संलग्न भएको भन्दै दुई युवतीलाई पक्राउ गरिएको छ । उनीहरुले आफूहरुलाई डिभी परेको र बिहे गरेर अमेरिका लैजाने आश्वासन दिई ठगी गरेको खुल्न आएको छ । महानगरीय अप राध महाशाखाको टोलीले शुक्रबार बाग्लुङ काठे गाउँपालिका–२ घर भइ भक्तपुर बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई नियन्त्रणमा लिएको हो । उनीहरूले विभिन्न व्यक्तिहरूलाई फेसबुक, टिकटक मार्फत फलो गर्ने र बिहे गरेर अमेरिकाको क्यालिफोर्निया लैजान्छु भन्दै करिब ६ लाख ६० हजार ठगी गरेको महाशाखाले जानकारी दिएको छ । ठगी गरेर उनीहरू रूपन्देहीको बुटवल क्षेत्रमा लुकिछिपी बसेका थिए । थप कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाएको छ । महाशाखको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले विभिन्न सञ्चार माध्ययममा युवाहरूलाई फलो गर्ने र ‘म तपाईको फ्यान हो’ भन्दै रिक्वेस्ट एसेप्ट गर्न बाध्य ब...
खुसिको खबर: अब छिटोभन्दा एसईईको नतिजा सार्वजनिक गर्ने सक्दो सेयर गरि सबैलाई जान्कारी दिनुहोस

खुसिको खबर: अब छिटोभन्दा एसईईको नतिजा सार्वजनिक गर्ने सक्दो सेयर गरि सबैलाई जान्कारी दिनुहोस

नेपाल
काठमाडौं । एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र नतिजा सार्वजनिक गर्न तयारी थालेको जनाएको छ ।यसपटक विद्यालय आफैँले रुजु गरेर लेजर तयार पारेकाले त्रुटि कम हुने पनि बोर्डले जनाएको छ । देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको बताइएको छ । यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए । कोभिड १९ को महामारीका कारण परीक्षा सुरू हुनु एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो । अर्भको सामाचार ,भदौ १५ देखि नियमित पठनपाठनको तयारी , काठमाडौँ, साउन १२ गते । आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्या...
कुलमानको कार्यकाल अर्को महिना सकिँदै अब पुन नियुक्त गर्ला त ?

कुलमानको कार्यकाल अर्को महिना सकिँदै अब पुन नियुक्त गर्ला त ?

नेपाल
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिँदैछ । २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ । लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट वाहवाही पाएका कुलमानलाई सरकारले अर्को कार्यकालको लागि नियुक्त गर्ला कि नगर्ला भन्ने अड्कलबाजी पनि सुरु भएको छ । कुलमान घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि कुनै ऐन, नियम बाधक छैनन् । विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भर पर्छ । बर्खायाममा समेत दैनिक ८ घन्टा लोडसेडिङ रहेको अवस्थामा २०७३ सालको भदौमा नियुक्त भएका कार्यकारी निर...
नेपालगन्जका ब्यापारीहरु भन्छन् ‘नेपाल-भारत सिमा अझ कडाइका साथ सिल गरौं’

नेपालगन्जका ब्यापारीहरु भन्छन् ‘नेपाल-भारत सिमा अझ कडाइका साथ सिल गरौं’

नेपाल
कोरोना फैलन नदिन सरकारले गरेको लकडाउन र सिमा नाका बन्द भएका कारण भारतीय सिमावर्ती वजारको ब्यापार चौपट भएको छ । नेपाली ग्राहकको भरमा चलेको ब्यापार सिमा बन्द भएका कारण चौपट भएको हो । ब्यापार बन्द भएका कारण आर्थिक नोक्सानी भोग्दै आएका सिमानाका ब्यापारीहरुले सिमानामा लगाएका सिल हटाउन माग गरेका छन् । बाँकेको नेपालगन्ज सिमानामा रहेको भारतीय वजार रुपैडिहाको ९० प्रतिशत ब्यापार नेपाली ग्राहकले धानिदिएका छन् । कतिपय ब्यापारीहरुको नेपाल र भारत दुवै तिर पसल छन् । नेपाल भारत सीमा नाका पुर्ण रुपमा सिल भएपछि नेपाल भारत सीमा क्षेत्रको भारतीय रुपैडिहा बजार प्रभावित भएको छ । पूर्णरुपले नेपाली ग्राहकको कारण चलेको सो बजारमा गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण नेपाली ग्राहक रुपैडिहा जान नपाउदा रुपैडिहाको ब्यावसाय अत्यन्तै प्रभावित भएको हो । लकडाउनको बेलामा किनमेलको लागि रुपैडिहा जान नपाउने भएपछि नेप...
मोटर बनाउने महिला नेपालमै भेटिइन् , पुरा पढ्नुहोस

मोटर बनाउने महिला नेपालमै भेटिइन् , पुरा पढ्नुहोस

नेपाल
काठमाडौ, साउन ८ । भत्तपुरको गट्ठा घरमा बिजयलक्ष्मी महर्जनको इलेक्ट्रोनिक्स पसल छ । पसलको नाम हो सुबी इलेक्ट्रो मेसनरी । यो पसल उनी र उनको श्रीमान मिलेर चलाइरहेका छन् । यसरी पसल खोर चलाउने थालेको १८ बर्ष पुग्यो । बिजयलक्ष्मी आँफैमा इलेक्ट्रोनिक्स हुन् । दुई बर्षे कक्षा पुरा गरेर यो काम गर्न थालेको उनको भनाइ छ । उनको पसलमा विभिन्न बिद्युतीय सामाग्रीहरु मर्मतको लागि स्थानीयले ल्याउने गरेका छन् । धेरैजसो भने पानी मटर उनको पसल आउने गरेको बिजयलक्ष्मी बताउछिन् । ‘बन्न त सबै सामाग्री बनाउछौ’ उनले भनिन्, ‘तर धेरैजसो पानी तान्ने मोटर आउने गरेका छन् ।’ उनीहरुले बिग्रेकीका बिद्युतीय सामाग्री बनाउने मात्रै होइन, नयाँ सामाग्री बेच्ने पनि गरेका छन् । पसलमा श्रीमान श्रीमती दुबैलाई भ्याइनभ्याइ छ । ‘काम सानो ठुलो, गाह्रो सजिलो केही हुँदैन’ बिग्रेकी मोटरको क्वाएल बुन्दै गरेकी बिजयलक्ष्मी भन्छिन्...

अब एक जिल्लाबाट अर्को जिल्लामा बस चलाउन दिने निर्णय

नेपाल
काठमाडौं – एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा छोटो दुरीका बस चलाउन दिने निर्णय गरेको हो । तर यसरी बसहरु सञ्चालन गर्दा अनिवार्य सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क, सेनिटाईटरको प्रयोग गर्नुपर्ने, स्वास्थ्य सर्तकता अपनाउनुपर्नेछ । गत वर्ष चैत्र ११ गतेबाट बन्द भएको सार्वजनिक सवारी सञ्चालन केहि दिन अघिबाट जोर बिजोर प्रणालीका आधारमा सञ्चालन भएका थिए । तर ति सवारीहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा जाने अनुमति भने थिएन । आजको बैठकले स्वास्थ्य सावधानी अपनाउँदै छोटो दुरीमा अन्तर जिल्ला यात्रुबहाक बस सञ्चालन गर्न दिने निर्णय गरेको हो ।यसअघि मौद्रिक नीतिले आफ्ना मागहरु सम्बोधन गरेको भन्दै यातायात व्वयाी सुरक्षा सावधानी अपना...