Saturday, October 31For your kind information
Shadow

सबैको प्रीय हुन्छन यी २ राशी: सबैको मनमा सजिलै डेरा जमाउन सक्छन

काठमाडौँ । हिन्दु धर्ममा विश्वास गर्ने हर कोहीले राशीलाई विश्वास गर्ने गर्छन् । राशी अनुसार हरेक व्यक्तिको स्वभाव आचरण फरक फरक हुन्छ ।
एक मानवले गर्ने व्यवहार र अर्कोले मानवले गर्ने व्यवहार फरक हुनु स्वभाविक नै हो । यद्यपी आज हामी केही दुई राशीको बारेमा बताउन गइरहेका छौँ । जुन राशीसँग सबैको मन जित्न सक्ने क्षमता रहेको हुन्छ

सिंह राशी:

जिद्दी स्वभावको देखिने यी राशी भएका व्यक्तिहरु अरुको मनमा सजिलै राज गर्न सक्छन् । आफ्नो दुखलाई भन्दा अरुको दुखलाई विशेष प्राथमिकता दिने सिंह राशी भएका व्यक्तिहरु सबैको नजरमा छिट्टै बस्न सक्ने क्षमता भएको हुन्छ । अरुको दुखमा आफुसँग भएको हरचिज अर्पण गर्न सक्ने क्षमता भएकाले उनीहरुले सबैको मनमा राज गर्छन् ।

कुम्भ राशी:

यो राशी भएका व्यक्तिहरु साधारण र सिधा हुने गर्छन् । अरुको मन दुखाउन नचाहने भएकाले उनीहरुलाई सबैले मन पराउँछन् । अरुको नराम्रो देख्न नसक्ने हुँदा जस्तोसुकै हालतमा पनि सहयोग गर्न चाहन्छन् । त्यसकारण उनीहरु सबैको मनमा राज गर्न सफल हुन्छन्