Tuesday, October 20For your kind information
Shadow

कांग्रेसका युवा नेता गगन थापा ले पनि गरेछन करोडौँ को घोटाला: यसरी भयो पर्दाफास

काठमाडौं । पार्टीभित्र राम्रो प्रभाव राख्ने नेपाली कांग्रेसका युवा नेता, पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभाका सांसद गगन थापाले स्वास्थ्य क्षेत्रमा ठूलो अनियमितता भित्र्याएको ठूलो घोटला गरेको समाचार बाहिरीएको छ । नेपाल औषधि आयातकर्ता संघले काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रचार शैलीका कारण चर्चामा आइरहने सांसद थापाले आफु मन्त्री भएको समयमा औषधि खरिदमा आफू मातहतको औषधि व्यवस्था विभागलाई करोडौँ रुपियाँ घोटाला हुने गरेर काम गर्न अनुमति दिएको खुलासा गरेपछि यस्तो रहस्य बाहिरिएको हो ।

औषधि व्यवस्था विभागले हेपेटाईटिस ‘सी’ को औषधिको पटके आयात सिफारिस दिने क्रममा दुई आयातकर्ताहरूले ‘प्रतिबट्टा (२८ ट्याब्लेट) क्रमशः २८ हजार ५ सय र ३३ हजार ७ सय ५० मा उपलब्ध गराउन सक्ने दाबी गर्दै आबेदन दिएकोमा नियम मिच्दै र मन्त्री गगन थापाको नाराकै खिल्ली उडाई प्रतिबट्टा ३३ हजार ७ सय ५० मा बेच्ने दाबी गर्ने व्यवसायीलाई प्रतिबट्ट रु ४० हजारमा बेच्ने गरी स्वीकृति दिएको निर्णयबारे हामीले मन्त्रीको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई भएन’, विज्ञप्तिमा भनिएको छ ।

संघको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यमन्त्री थापा स्वदेशी औषधि उद्योगीहरूको दवावमा आई गठन गरेको कार्यदलको प्रतिवेदनलाई नै आधार मानेर लगभग ३५ प्रकारका गुणस्तरीय औषधिको आयातमा समेत रोक लगाउने खालको घातक निर्णय भएको भन्ने जानकारी प्राप्त हुन आएकोमा घोर आपत्ति जनाउँदै निर्णय नसच्याएसम्म र आयातकर्ताको १५ बुँदे माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने निर्णय भएको छ ।’ स्वदेशी औषधि कम्पनीहरूको दवावमा मन्त्री थापाले कमिशन लिएर औषधि आयातकर्ताहरूलाई सस्तोमा औषधि बिक्री नगर्न दवाव दिएको संघको आरोप छ ।

सांसद थापाले औषधि आयातकर्ताहरूले आयात हुने कतिपय औषधिममा ४ सयदेखि २२ सय प्रतिशतसम्म मुनाफा लिने गरेको आरोप लगाएपछि औषधि आयातकर्ताहरूले त्यसको खण्डन गर्दै आफूहरूले औषधि व्यवस्था विभागले तोकेको दररेटमा मुनाफा लिएको बताएका छन् । संघका अध्यक्ष अञ्जन पुडासैनीले स्वास्थ्यमन्त्री थापाले जनतालाई सस्तो दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सस्तो, चर्को र कर्णप्रिय नारा लगाएर गरिव जनताको भावनासँग खेलवाड गरेको आरोप लगाए । उनले स्वदेशी औषधि कम्पनीहरूको महँगो औषधिलाई बढावा दिन स्वास्थ्यमन्त्री गगन थापाले सीमित व्यवसायीहरूको हितका लागि निर्णय गरेको बताए ।
यसैबीच स्वास्थ्य सेवा विभागको जिम्मेवारी पाएका डा सुशील प्याकुरेलले पदबहाली गरेका छन्। डा प्याकुरेलले टेकुस्थित विभागमा आज पदबहाली गरेका हुन्। मन्त्रालयले डा प्याकुरेललाई असार १५ गते महानिर्देशकको जिम्मवारी दिएको हो। मन्त्रालयले लामो समयपछि तोकिएको योग्यता पूरा भएका व्यक्तिलाई जिम्मेवारी दिएको हो। नियमानुसार १२औं तहकै कर्मचारी महानिर्देशक हुने भए पनि यसअघि राजनीतिक पहुँचका आधारमा कनिष्ठहरु ‘हाकिम’ हुने गरेका थिए। डा प्याकुरेल १२औं तहमा बढुवा भएपछि मन्त्रालय आएका थिए। उनले लामो समय लामो समय राजधानी बाहिर र दुर्गममा सेवा गरेका छन्। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक हुँदा उनको १२औं तहमा बढुवा भएको थियो। सन्चारकेन्द्रबाट िलइएकाे ।