Friday, October 30For your kind information
Shadow

५ दिनका लागि सबै विद्यालय बन्द…

कपिलबस्तु निजी तथा सामुदायिक विद्यालयहरु ५ दिनकालागि बन्द गरिएको छ । दिनप्रतिदिन गर्मी बढ्न थालेपछि कपिलवस्तु जिल्लाका विद्यालय ५ दिनकालागि सबै बन्द गरिएका हुन्। कपिलवस्तु नगरकार्यपालिकाको वैठकको निर्णय अनुसार कपिलवस्तुनगरपालिका क्षेत्रका सबै निजी तथा सामुदायिक विद्यालयहरुलाई सोमबार देखि शुक्रबारसम्मका लागि बन्द गर्न नगरक्षेत्रका सबै विद्यालयहरुलाई निर्देशन गरिएको प्रमुखप्रशासकीय अधिकृत विमल राज आचार्यले बताए।

यसैगरी यशोधरा गाउँपालिका, शुद्दोधनगाउँपालिका, वाणगंगा नगरपालिका लगायतका स्थानीय तहरुले पनिगर्मीका कारण विद्यालय बिदा गरेका छन्।

अधिक गर्मीका कारण सर्वसाधारणहरु अत्यन्तैजरुरी काम बाहेक घर बाहिर निस्केका छैनन् । दैनिकजसो ४२ डिग्रीभन्दा माथि तापक्रम बढ्न थालेपछि जिल्लामा जनजीवन प्रभावित हुन थालेको छ।गर्मीका कारण सेवाग्राहीहरुको सरकारी कार्यालय,सार्वजनिक स्थल,बजार लगायत मास्थानहरुमा न्यून उपस्थिति रहेको छ।