Friday, October 30For your kind information
Shadow

पाँचथरमा फेरि अर्को विभत्स हत्या : २० वर्षीया युवतीको घाँटी रेटिएको अवस्थामा शव फेला…


हाम्रो नेपाली समाजमा पछिल्लो समय हत्या, हिंसा बलात्कार जस्ता जघन्य प्रकृतिका अमानविय घटनाहरु लगतार बढ्दै गइरहेका छन् । केही महिना पहिले पाँचथरमा सामुहिक हत्या गरिएको थियो । उक्त हत्यामा परिवारकै ज्वाँई संलग्न भएको अनुमान गरियो जसले आत्यमहत्या गरेका थिए ।

अहिले फेरि पाँचथरको जिल्लाकै हिलिहाङ गाँउपालिका–६, साविक भारपा–१ मा युवतीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । एनएमबी माइक्रोफाइनान्स हिलिहाङ–३ गोपेटारमा शाखामा कार्यरत थिईन् । इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ वजेको अवस्थामा सिते भन्ने स्थानमा जङगलको गोरेटो बाटोमा फेला परेको हो ।

तामाङको शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले पुष्टि गर्नुभएको छ । वडाध्यक्ष यवाका अनुसार किशोरीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । घटनास्थलमा अहिले जोरपोखरी प्रहरी चौकि र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलि पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्ः समता अस्पताल प्रकरण : २ जना कर्मचारी प्रहरीको नियन्त्रणमा, युवतीका आफन्तद्वारा अस्पताल तोडफोड–काठमाडौंको बौद्धस्थित समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत एक युवती झुण्डिएको अवस्थामा फेला परेपछि आफन्त र स्थानीयले अस्पताल तोडफोड गरेका छन् । रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

तामाङको गोजीमा एउटा कागजको टुक्रा भटिएको छ । उक्त कागजको टुक्रामा अस्पतालकै तीन जना कर्मचारीको नाम उल्लेख रहेको बताइएको छ ।