Tuesday, October 27For your kind information
Shadow

जसले धेरै गीत सुन्छ, उसैको बढि यौन शक्ति

अडियो हार्डवेयर कम्पनी सोनोस र एपल म्युजिकले ३० हजार जनामा गरेको सर्वेबाट यो निष्कर्ष निकालिएको हो । शोधमा संसारभरका ३० परिवारका १०९ जनालाई सहभागी गराइएको टेक वेभसाइट माशाबले जनाएको छ।

शोधमा संलग्न न्युरो साइन्टिस्ट डेनियल जे लेभिटिनले भने–संसारका अधिकांश भागमा मानव इतिहास संगीत निर्माण गर्न स्वास लिने र घुमफिर गर्ने जस्ता प्राकृतिक गतिविधि छ र हरेक व्यक्ति यसमा संलग्न हुने गर्दछ ।

लेभिटिन पनि संगीतकार हुन् । उनले दिस इज योर ब्रेन अन म्युजिकः द साइन्स अफ ह्युमन अबसेसन नामको पुस्तकसमेत लेखेका छन् । उनी मानिसमा संगीतको प्रभाव सम्बन्धमा २० वर्षदेखि अध्ययन गरिरहेका छन्।

दुई सातासम्म चलेको यो शोधमा परिवारलाई पहिलो साता ठुलो स्वरमा संगीत सुनाइएको थियो । यस्तै दोस्रो हप्तामा सोनोस सिस्टम र एपल म्युजिकमा उनीहरुलाई ठुलो स्वरमा गीत संगीत सन्न भनिएको थियो । यसक्रममा ४४,००० घण्टासम्म ८,१२४ वटा गीत बजाइएको थियो ।

दोस्रो साताका क्रममा उनीहरुबीच बढी सम्वाद भएको थियो । उनीहरुले गीत गाए, नृत्य गरे, हाँसे, रोए र बढी समय आपसमा बिताए । बढी संगीत सुन्नेहरुले यो क्रममा ६७ प्रतिशत बढी सेक्स गरे ।

लेभिटिनका अनुसार यो परिणाम सधैंजस्तै रह्यो । संगीतले मानिसको दिमागमा न्युरोट्रान्समिटर डोपामाइनको श्राव बढाउने गर्दछ, जसबाट मानिसहरु सुन्तुष्टिमा गुनगुनाएको महशुस गर्दछन् ।

संगीत सुन्दा अर्को न्युरोट्रान्समिटर अक्सिटोन पनि निस्कन्छ, जसलाई लभ हर्मोन भन्ने गरिन्छ । यो हर्मोनबाट के हुन्छ सबैलाई थाहा छ । एजेन्सी