Saturday, October 24For your kind information
Shadow

आखिर किन मर्छन वैदेशिक रोजगारमा गएका कामदार?

कमाउन कस्लाइ छैन र? ऋण कस्को छैन र? कमाउन गएकाहरुको  विगत तीन महिनाको अबधिमा कतारमा २७ जना नेपालीको ज्यान गएको छ । वैदेशिक रोजगारीका लागि पुगेका २७ जना नेपाली कामदारको ज्यान गएको नेपाली दूतावास दोहाले जनाएको छ ।

 २०७५ माघ १ देखि २०७५ चैत्र मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै दूतावासले विभिन्न कारणले २७ नेपालीले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

यस्तै, दूतावासले कतारका विभिन्न अस्पतालमा सिकिस्त बिरामी भएर ८ जना नेपाली कोमामा रहेको र  ३७ जना नेपालीहरुले जेल जीवन बिताइरहेको समेत उल्लेख गरेको छ ।