Monday, October 26For your kind information
Shadow

इन्टरनेटको मूल्य वृद्धि गर्ने साथै राउटरमा छुट दिने सरकारको निर्णय !

काठमाडौँ : सरकारले भारतसँग युरिया र डिएपी मल खरिद गर्ने प्रस्तावलाई स्वीकृति गरेको छ ।
बिहिबार मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जि टु जि माध्यमबाट मल खरिद गर्न कृषि मन्त्रालयलाई स्वीकृत दिइएको बताएका हुन् ।
उनले गत जेठ २३ गते बसेको मन्त्रीपरिषद बैठकले इन्टरनेटको मूल्य समायोजनका लागि राउटर लगायतका उपकरणमा छुट दिने निर्णय भएको समेत जानकरी गराए।
बैठकले चार देशका लागि नयाँ राजदूत नियुक्तिको सिफारिस गरेको छ । जसअनुसार बंगलादेशका लागि डा वंशीधर मिश्र,अष्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा र कतारका लागि नारद भारद्वाजलाई सिफारिस गरेको बताइएको छ ।