Friday, October 23For your kind information
Shadow

आमा बावुले फालेकी नानीलाई मकै बेचेर पाल्दै हजुरआमा

२९ जेठ, काठमाडौँ । आमाले अनेक कष्ट व्यहोर्दै नौ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वास सँगै ममता, स्नेह र संस्कारले सिंचन गर्छिन्; कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँ छिन्; आफूले नखाई– नखाई सन्तानको भोको पेट भर्छिन्; आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन् ।आफूले नखाएर पनि सन्तानलाई खुवाएको धेरै उदाहरण छन् । तर यहाँ आफूले जन्म दिएकी सन्तानलाई फाल्न पनि पछि नपर्ने आमा बाबु पनि यहि संसारमा नै रहेछन् । सुन्दा धेरैलाई विश्वास लाग्दैन तर यो वास्तविक घटना हो । गोरखा घर भई हाल काठमाडौँ मनमैजु बस्दै आउनुभएकी तारा संग्रौलाले आफ्ने छोरीकी छोरीलाई मकै पोलेर पढाईरहनु भएको छ ।
हाल कक्षा १ मा पढ्ने अञ्जु गिरीलाई उनकी आमाले जन्म दिएपछि फाल्न लागेकी थिईन तर अञ्जुकी हजुर आमा ताराले उनलाई फाल्न नदिई आफूले पाल्नुभयो । अहिले उहाँको आर्थिक अवस्था निकै कमजोर छ । ती सानी नानीलाई पढाउनका लागि उहाँ सह योगको खोजिमा हुनुहुन्छ ।