Thursday, October 29For your kind information
Shadow

यौन सम्पर्क गर्दागर्दै कण्डम निकालेका युवकलाई लाग्यो बलात्कारको आरोप, सजाय यस्तो

काठमाडौं ।

बेलायतमा यौनकर्मीसँग यौन सम्पर्क गर्दागर्दै आफ्नो यौनांगबाट कण्डम निकालेपछि एक युवकलाई १२ वर्षको जेल सजाय तोकिएको छ ।

यौन सम्पर्क गर्दागर्दै कण्डम निकालेका युवकविरुद्ध बलात्कारको अभियोग लाग्यो र उनलाई १२ वर्षको जेल सजाय भएको छ ।

यौनसम्पर्क गर्दा लगाएको कण्डम सम्भोग गर्दागर्दै निकालेपछि ती युवक ली हगबेनमाथि असुरक्षित यौन सम्पर्कको प्रयास गरेको अभियोगमा यौनकर्मी महिलाले मुद्दा हालेकी थिइन् ।


पीडित यौनकर्मी महिलाको नाम भने खुलाइएको छैन ।

तर उनको उमेर २० वर्षको रहेको बताइएको छ ।

आफूमाथि कण्डम विनै जबरजस्ती यौन सम्पर्क गरेको भन्दै उनले पुलिसमा उजुरी गरेपछि प्रहरीले ली हगबेनलाई पक्राउ गरेर मुद्दा चलाएको हो ।

अन्ततः उनलाई अदालतले १२ वर्षको जेल सजाय सुनायो ।