Monday, October 26For your kind information
Shadow

रबि लामिछानेको अस्पताललाइ अहिले सम्मकै ठुलो सहयोग ! सबैलाइ दिए धन्यबाद ( भिडियो सहित )

सेवा नै धर्म हो भन्ने धारणा राख्दै दक्षिण कोरियाबाट रबि लामिछानेको रास्कोट अस्पतालका लागि अहिले सम्मकै ठुलो रकम हस्तान्तरण भएको छ।

नेपालका उदारमन भएका ९६४ जना कोरियाबासि कामदारहरुले पठाएको रु ४३,८४,३६६ ( त्रिचालसी लाख चौरासी हजार तिन सय छैसठ्ठी ) रकम न्युज २४ नेपाल टिभीको प्राङ्गणमा हस्तान्तरण गरिएको थियो। स्वतन्त्र राष्ट्रप्रेमि नेपाली एकता अभियानले यो रकम कर्णालीको कालिकोटको नेपालकै पहिलो डिजिटल अस्पतालका लागि हस्तान्तरण गरेको थियो।


रबि लामिछाने फाउन्डेसन द्वारा निर्माण भइरहेको रास्कोट सामुदायिक अस्पताल सहयोगार्थ कोरियाबासी परोपकारी, मनकारी तथा राष्ट्रप्रेमी नेपाली सहयोगी मनहरुबाट संकलित आर्थिक सहयोग रकम रु ४३,८४,३६६ न्युज २४ को कार्यालयमा राष्ट्रप्रेमी लोकप्रिय पत्रकार तथा सामाजिक अभियन्ता रबि लामिछाने ज्युलाइ हस्तान्तरण कार्यक्रम गरिरहदा पत्रकार रबि लामिछानेले पनि सम्पूर्ण उदार मनका धनि लाइ सबैलाई धन्यबाद दिएका थिए। यो रकम अहिले सम्मकै ठुलो रकम आएको हो।


रबि लामिछानेले कर्णालीको रास्कोटबासीहरुलाई उपचार पाओस र उपचार नपाएर मर्नु नपरोस भन्ने उदेश्य का साथ् अस्पताल निर्माण गरिरहेका छन्। अहिले यो अस्पतालको काम चलिरहेको छ।

अहिले सम्म रास्कोट अस्पताल का लागि सहयोग मन द्वारा धेरै रकम संकलन भैसकेको जानकारी गराउदै रबि लामिछानेले यो अस्पताल समय भन्दा अघि नै सम्पन्न हुने समेत जानकारी गराएका थिए।

बाकि हेर्नुस भिडियोमा