Sunday, October 25For your kind information
Shadow

आशिका तामाङ्गद्वा आँधी पीडित ६ परिवारलाई घर बनाइदिने घोषणा

काठमाडौं । खसिनी दिदी भनेर प्रख्यात नायिका तथा निर्माता आशिका तामाङ्ले बारा पर्सामा पुगेर आँधी पीडित ६ वटा परिवारलाई घर बनाईदिने घोषणा गरेकी छिन् । पेशाले नर्स र जर्मनीमा बसोवास गर्दै आईरहेकी तामाङ् हाल नेपालमा रहेकी छिन् । केहि समयअघि सामाजिक सञ्जालमा रुँदै गरेको एउटा भिडियो सार्वजनिक भएपछि उनी भाईरल भएकी थिईन् ।


केहिदिन अघि नेपालीले नेपालीको लागि भन्ने अभियान थालनी गरी मायाले भरिएको बाल्टिनमा अत्यावश्यक सामाग्री सहयोग गर्ने बताउँदै ईच्छुकलाई सहयोग गर्न अपिल पनि गरेकी थिईन् । विभिन्न सामाजिक कार्य गरेर प्रशंसा बटुलिरहेकी तामाङ् विभिन्न पटक चर्चामा आईरहन्छिन् ।