Monday, October 26For your kind information
Shadow

पर्बत को मालढुङ्गामा बस दुर्घटना मर्नेको सङ्ख्या पाँच पुग्यो । मर्नेको सङ्ख्या बड्ने

पर्वत – पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । हाम्रा पर्वत संवाददाता सुवास लामिछानेका अनुसार तीनजनाको घटनास्थलमा नै ज्यान गएको थियो भने थप दुईजनाको बाग्लुङ अञ्चल अस्पतालतर्फ लैजाँदै गर्दा ज्यान गएको हो ।

दुर्घटनामा अन्य ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुल्न बाँकी छ । म्याग्दीको बेनीबाट पर्वतका लागि छुटेको १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको हो ।

म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान साढे ८ बजे दुर्घटना भएको र दुर्घटनामा ठूलो संख्यामा यात्रुहरु घाइते बनेको र मृतकको संख्या अझै बढ्न सकने बताइएको छ । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ । घाइतेहरुलाई पोखरा, कुस्मा र बागलुङ्ग तर्फ पठाइएको छ । घटना घटेको धेरै समय नभएकाले थप बिबरण आउन बाँकी रहेको लामिछानेले जानकारी दिए ।