Saturday, November 28For your kind information
Shadow

तिहार कै बेला फेरी हुने भयो लकडाउन: हेर्नुहोस के खुल्ने र के नखुल्ने

दुलेगौंडा:

कोरोना भाईरसको संक्रमण समुदायस्तरमा तिब्र गतिमा फै’लिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा ५ दिन लकडाउनको घो’षणा गरेको छ ।

बुधबार बसेको नगर कार्यपालिका बै’ठकले बुधबार राती १२ बजेदेखि आगामी मंगलबार रातीसम्म ल’कडाउन गर्ने घो’षणा गरेको हो ।

यो अवधिमा नगरक्षेत्रमा राजमार्गसंग जो’डिएको बजारसंगै ढोरफिर्दी र साँखे बजार पनि ब’न्द रहने नगरप्रवक्ता खिमबहादुर कुमालले बताए । ‘पुर्व नि’र्धारित कक्षा ११ को परिक्षा भने सञ्चालन हुनेछ ।

यद्यपी परिक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मा’पदण्ड अनिवार्य पालना हुनुपर्नेछ’, प्रवक्ता कुमालले भने ।

कुमालका अनुसार अत्यावश्क सेवामा पर्ने स्वास्थ्य, सरसफाई र वि’पद व्यवस्थापनबाहेक बैंक तथा वित्तिय संस्था, सामाजिक संघसंस्था, सार्वजनिक र निजी संस्थान, उद्योग कलकारखाना र यातायातले दिने सेवा बन्द हुनेछ ।

नगरपालिका र वडा कार्यालयबाट अत्यावश्कय सेवा प्र’वाहा हुने उनको भनाई छ ।नगरपालिकाले अत्यावश्क कामबाहेक घरबाट वाहिर न’निस्कन नगरबासीलाई स’चेत गराएको छ ।

 

Leave a Reply