Saturday, November 28For your kind information
Shadow

सार्है दुखद खबर: २५ वर्षसम्म आफैंले काम गरेको अस्पतालमा आइसिुयु बेड नपाएर मृ’त्यु

नेपालवाच:

आफैंले काम गरेको अस्पतालमा आईसियु बेड नपाएर एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

विगत २५ वर्षदेखि त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत लेखा अधिकृत ५४ वर्षीय राजाराम इटनीको मंगलबार बिहान मृत्यु भएको हो ।

धादिङ त्रिपुरासुन्दरी–२ का स्थायी बासिन्दा इटनीलाई हल्का ज्वरो र जिउ दुख्ने समस्या भएपछि घरमै आराम गरिरहेका थिए ।

स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई सोमबार राती त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो । उनमा अक्सिनजनको मात्रा ४५ भन्दा कम थियो र निमोनियाको संक्रमण भएको थियो ।

अस्पताल प्रशासनका अनुसार निमोनिया संक्रमणका कारण इटनीको अवस्था गम्भीर बनेपछि उनलाई राख्न भेन्टिलेटरसहितको आइसीयुको खोजी भएको थियो ।

तर अस्पतालको बेड भरिएका कारण बेड खाली नभएपछि अस्पतालको इमर्जेन्सीमा ड्युटीमा खटिएका ज्ुनियर चिकित्सकहरुले उनलाई अन्तै लैजान सुझाए थिए ।

‘अस्पतालको कर्मचारी भएको नाताले उनलाई प्राथमिकता दिनु पर्ने त थियो ।

तर गम्भीर समस्याका कारण अस्पतालको आईसीयु सर्वसाधारणले भरिभराउ भएर बेड खाली नभएपछि उनलाई अन्तै पठाउनुको विकल्प रहेन’ त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जका डेपुटी कन्ट्रोलर

तथा सूचना अधिकारी रामविक्रम अधिकारीले नेपालवाचसित भने । सोही क्रममा परिवारका सदस्यले चुनीखेलस्थित करुणा अस्पताल लगेकोमा उनको मंगलबार बिहान निधन भएको अस्पतालले जनाएको छ ।

Leave a Reply