Saturday, November 28For your kind information
Shadow

ओलिले दिए प्रचण्डलाई यस्तो कडा जवाफ: दुबै बिच मनमुटाव झन बढ्दो

काठमाडौं:

सत्तारुढ नेकपाभित्रको विवाद पुनः मन्त्रिपरिषद् पुनर्गठनतर्फ अघि बढेको देखिन थालेको छ ।

पार्टीभित्र विवाद बढिरहँदा कुन मन्त्रीले कसलाई सपोर्ट गरे भन्ने हेक्का गरिएपछि एकअर्काविरुद्धमा लागेकालाई हटाउन नेतृत्वले प्रस्ताव गर्न थालेका छन् ।

हालैमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएपछि फेरि बढेको विवाद नेकपालाई फुटको दिशातर्फ धकेलिरहेको छ ।

नेता कार्यकर्ताहरुले नेकपालाई फुटबाट जोगाउन नेतृत्वलाई दबाब दिइरहेका छन् । नेता कार्यकर्ताबाट पार्टी एकताका लागि आवाज उठाइरहँदा अध्यक्षद्वय ओली र प्रचण्ड मन्त्री हटाउन प्रस्ताव गरिरहेका छन् ।

पार्टीभित्र विवाद बढेका बेला आफूलाई साथ नदिएको बुझेका प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हटाउन अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

तर, ओलीले उनीहरुको रक्षा गरेको स्रोतको भनाइ छ । स्रोतकाअनुसार गृहमन्त्री बादल र उद्योगमन्त्री भट्टको बचाउमा ओलीले प्रचण्डलाई जवाफ दिएका छन् ।

उनीहरुलाई हटाउनुभन्दा खानेपानीमन्त्री बीना मगर र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई हटाउन ओलीले प्रचण्डसँग प्रस्ताव गरेका छन् ।

ओली र प्रचण्डको शक्ति संघर्षमा अन्ततः पूर्वमाओवादीका मन्त्रीहरु नै तारोमा परेका छन् ।

ठिक एक वर्ष अघि गरिएको मन्त्रिपरिषद् पुनर्गठनका बेला कार्य सम्पादन मुल्यांकनमा राम्रा नम्बर ल्याएका श्रममन्त्री गोकर्ण बिष्ट र

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई हटाएर कम नम्बर पाएकी खानेपानी मन्त्री बीना मगरलाई निरन्तरता दिएको भन्दै ओली र प्रचण्डको कडा आलोचना भएको थियो । canadanepal

Leave a Reply