Saturday, November 28For your kind information
Shadow

नेपालको सिमा मिचेको बारेमा चीनले खोल्यो मुख: चीनको यस्तो रहस्य सार्वजनिक

काठमाडौं:

चीनको विदेश मन्त्रालयले नेपाली भूमि मिचेको कुरालाई अफवाह भन्दै अस्विकार गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले मंगलबार यस्तो जानकारी दिएको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

नेपाली भूमि मिचिएको विषयमा चीनले जारी गरेको आधिकारीक धारण नै यही हो । यसअघि नेपाल स्थित राजदुतावास मात्र बोलेको थियो ।

चीनले नेपालको क्षेत्र ओगटेको छ भन्ने दावीमा सत्यता नभएको उनले जानकारी दिएका हुन् ।

केही भारतीय सञ्चारमाध्यमहरुमा चीनले नेपालको १५० हेक्टर भुभाग कब्जा गरेको जनाइएको थियो ।

नेपालमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पटक–पटक यस विषयमा सरकारसँग जवाफ माग्दै आएको थियो ।

Leave a Reply