Saturday, November 28For your kind information
Shadow

सँगै जि’उने म’र्ने कसम खाएर विहे गरेका बुढा बुढिको भयो एकै समयमा नि’धन: पुरै पढ्नुहोला

जनकपुरधाम:

धनुषामा पतिको मृत्यु भएको पाँचमिनेटपछि पत्नीको पनि मृ| त्यु भएको छ ।

धनुषाको सहिदनगरपालिका १ कुम्भकर्ण टोलाका ९१ वर्षीय रामखेला वन यादवको सोमबार बिहान ७ः४५ बजे मृत्यु भएपछि ७ः५० बजे उनकी श्रीमती ८८ वर्षीया सुमिन्त्रादेवी यादवको मृ| त्यु भएको हो ।

बिहान उठेर नित्य कर्म गरी संगै पति पत्नीले चिया खाएका थिए । एक्कासी रामखेलावनले आफुलाई छाती दुखेको परिवारजनलाई जानकारी गराए ।

लगतै उनका छोरा उपेन्द्र औषधि लिन गए । श्रीमती सुमिन्त्रा हेर्न आइपुगिन् । त्यसको केहि समयमै ७ः४५ बजे रामखेलावनको मृ त्यु भयो । श्रीमान्को मृत्यु भएको देखेर सुमिन्त्रादेवी पनि अचेत भइन् ।

पाँचमिनेटको अन्तरालमा ७ः५० बजे पत्नी सुमिन्त्राको पनि मृत्यु भएको स्थानीय नरेश यादवले बताए । श्रीमान श्रीमतीको एकैपटक मृ| त्यु भएपछि स्थानीयहरु आश्चर्यचकित भएका छन् ।

हामी सबै अच्चमित छौं’ छिमेक नरेशले भने ‘एकैपटक श्रीमान् श्रीमतीको मृत्यु भएकाले एउटै चितामा तामझामका साथ अन्त्येष्टि गर्ने काम भइरहेको छ’ । मृतक दम्पति रामखेलावन र सुमिन्त्रा देवीको एकछोरा र चार छोरी छन् ।

Leave a Reply