Saturday, November 28For your kind information
Shadow

सरकारले कुरा सुनेन, जनताले टेर्नै छोडे: अब कोरोना नियन्त्रण भन्दा बाहिर जाने

काठमाडौं:

विश्वव्यापी महामारी कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणले काठमाडौँ उपत्यका थप जोखिममा परेकाले यहाँका स्थानीय तहका जनप्रतिनिधि चिन्तित बनेका छन्।

चाडबाडका कारण मानिसको आवतजावत बढ्दा सङ्क्रमणले थप गति लिने जनप्रतिनिधिको आशङ्का छ।

उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ अवस्था थप जटिल बन्दै गएकाले स्वास्थ्य मापदण्डको पालना गरी दैनिक गतिविधि गर्न सर्वसाधारणसँग आग्रह गर्छन्।

स्थानीय तहले पनि सोहीअनुसार नियन्त्रणका उपाय अपनाएर कार्य सञ्चालन गर्नुको विकल्प नभएको श्रेष्ठ बताउँछन्। आधा संक्रमित उपत्यकामै: मुलुकका सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका छन्।

आजको मात्रै विवरण हेर्ने हो भने पनि नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ८२४ सङ्क्रमितमध्ये एक हजार ६२२ उपत्यकाका छन्।

श्रेष्ठ उपत्यकाको जोखिमपूर्ण अवस्थामा सङ्क्रमितको खोजी गरी उपचारको दायरामा ल्याउने र उनीहरुको सम्पर्कमा परेका व्यक्तिको परीक्षणलाई तीव्रता दिनुपर्ने टड्कारो आवश्यकता रहेको औँल्याउँछन्।

Leave a Reply