Saturday, November 28For your kind information
Shadow

बो’क्सी भगाइदिने भन्दै काभ्रेमा एउटी नारिको गालामा तातो डाडुले डामेपछी भयो यस्तो..

काभ्रे:

एक महिलाले अन्ध विश्वासका कारण दुख पाउनु परेको छ ।

त्यहाँ बो क्सी भ गा उ न भन्दै ३७ वर्षीया महिलालाई माता बताउने एक बालिकाले गाला तथा शरीरका अन्य भागमा तातो पन्युँले डा मे की छिन् ।

महिलाका पतिले मातालाई घरमै बोलाएर झा र फु क गरिदिन भनेपछि बो क्सी भ गा उ न पन्युँ तताएर महिलाको गाला, हातको औंला र शरीरका विभिन्न भागमा डा मिए को थियो ।

पाँचखाल नगरपालिका–१० की शर्मिला विकलाई सोही नगरपालिका–१२ की आफूलाई माता बताउने १६ वर्षीया बालिकाले बो क्सी भ गा उन भन्दै तातो पन्यूँले डा मे की हुन् ।

लामो समयदेखि मा नसिक रोगबाट पी डित महिलालाई बो क्सी भ गा उँ दा निको हुन्छ भन्ने अन्ध विश्वासका कारण पन्युँ डामि एको हो ।

ती बालिकाले भने डेड वर्षअघि घरमा कुलायनको पूजा लगाउँदा आफूलाई माता चढेको बताएकी छिन् ।

एक वर्षदेखि माताकै रुपमा उपचार गर्दै आएकाले विश्वासका कारण महिलाको श्रीमान् सानुबाबु विकले एक महिनादेखि बोलाएको भए पनि आफू नगएको उनले दावी गरिन् ।

बालिकाले थप दावी गरिन्– ‘भर्खर एसईई दिएर बसेकी मैले यस्ता धेरै महिलाहरुलाई निको पारेको छु । सामान्य परिवारको सदस्य भएकाले मैले धेरै तान्त्रिक विद्या केही आर्जन गरेको छैन ।’

नेपाल समाचार पत्रका लागि मोतीराम तिमल्सिनाले समाचार लेखेका छन् ।

Leave a Reply