Saturday, November 28For your kind information
Shadow

भोका र रोग लागेकालाई सहयोग गर्न सरकार कहिल्यै पछि हट्ने छैन: केपि शर्मा ओलि

काठमाडौं:

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक राजनीतिमा अल्झिएर रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने बताएका छन्।

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली ले यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न नसक्ने बताएका हुन् ।

“मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र

संम्पूर्ण प्रयाश महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ,” उनले सम्बोधनमा भनेका छन् ।

Leave a Reply