Thursday, October 29For your kind information
Shadow

बहिनी भेट्न आमालाई मोटरसाइकलमा गएका शंकरको भयो दुर्घटना: शंकरको मृ’त्यु, आमा गम्भीर घाइते

काठमाडौ ।

शंकर भुलको एउटा सुन्दर परिवार थियो। आमा, गर्भवती श्रीमती, दुई दाजुभाई र दुई वटा छोराछोरी। भरखरै मात्र बिहे गरेकी बहिनीको मायाले सताइरहँदा बहिनी भेट्न उनी मोटरसाइकलमा डडेल्धुरा जाँदै थिए।

मोटरसाइकमा सवार उनकी आमा पनि छोरीलाई भेट्न पाइने भयो भन्दै उत्साहित थिइन। तर डोटीबाट हिडेका उनीहरु डडेल्धुरा पुग्न पाएनन्। बिचबाटोमै उनीहरुको दुर्घटना भयो।

भारतमा मजदुरी गर्ने ३२ वर्षीय शंकरले उक्त घटनाबारे सायद कल्पना समेत गरेका थिएनन्। लकडाउनका कारण नेपाल आएका उनी अब आफ्नो परिवारसँग जीवन बिताउन पाउने छैनन्।

त्यो दिनको दुर्घटनाले उनको देहान्त भयो। साथमा रहेकी ५५ वर्षीया जुनकिरी भुलको छोरी भेट्न पाउने सपना पनि अधुरै रह्यो। डोटीको दिपायल सिलगढी नगरपालिका–५ बागठाटा निवासी उनी समेत गम्भिर घाइते भएकी थिइन।

हातखुट्टा र उनको ढाडमा गम्भिर चोट लागेको छ। दुर्घटनाकै दिन छोरा गुमाएकी उनको आर्थिक अवस्था नाजुक छ। ‘उनको छोरा भारतमा काम गर्थे,

अर्को छोरा समेत भारतमै मजदुरी गरी गुजारा चलाउने हुँदा जुनकिरीको उपचारमा समस्या भएको छ’ बागफाटाकै स्थानीय यदु भण्डारीले भने, ‘उनको श्रीमानको समेत ५ वर्षअघि मृ त्यु भइसकेको छ। घरमा गर्भवती बुहारी छिन्। परिवारलाई ठुलै बर्जपात परेको छ।’

 

Leave a Reply