Saturday, October 31For your kind information
Shadow

आफूलाई ब’ लात्’कार गर्ने कश्यपलाई सजाए नदिए प्रहरी चौकीमै भोक हड्ताल गर्ने पायलको चेतावनी

एजेन्सी ।

अभिनेत्री पायल घोषले आफूलाई ब ला त्का र गर्ने बलिउड निर्देशक अनुराग कश्यपलाई पक्राउ नगरे भोक हडताल गर्ने चेतावनी दिएकी छन् ।

घोषले निर्देशक कश्यपविरूद्ध मुम्बईस्थित वर्षोवा प्रहरी चौकीमा उजुरी दिएकी छन् ।

निर्देशक कश्यपविरूद्ध प्रहरीमा उजुरी दिएको साता दिनपछि उजुरीको पछिल्लो स्थिति बुझ्न त्यहाँ पुगेकी घोषले प्रहरीलाई नै यस्तो चेतावनी दिएकी हुन् ।

उनले प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्नेमा आफूलाई विश्वास भएको तर केही नगरेमा भने प्रहरी चौकीमा नै भोक हडताल गर्ने बताएकी छन् ।

उनी त्यहाँ पुग्दा उनको उजुरीको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको रात्रिकालिन ड्यूटी भएका कारण उनको भेट हुनसकेन ।

उनले ती अधिकारी भेट्न पुनः कार्यालय आउने जनाएकी छन् । पायलले निर्देशक कश्यपले सन् २०१३ मा आफूमाथि ब ला त्का र गरेको आरोप लगाएकी छिन् ।