Saturday, October 31For your kind information
Shadow

दुई बर्षकी छोरीको लाश प्लास्टिकमा बेरेर मोटरसाइकलमा बाहिरिदाँ दुनियाँकै ह्दय रसायो

एजेन्सी

दुई बर्षकी छोरीको लाश प्लास्टिकमा लपेटेर मोटरसाइकलमा लग्दै गरेको कारण बाहिरिदाँ दुनियाँकै ह्दय रसायो । उपचारमा क्रममा सन्तान गुमा´एका आमाबाबुले अस्पतालबाट एम्बुलेन्स समेत पाएनन् ।

भारत, छत्तीसगढ राज्यमा कोरोना संक्रमणको कारण बन्द भएको बेलामा अस्पताल व्यवस्थापनले देखाएको यस्तो हर्कतले सबैलाई लज्जित बनाएको छ ।

छोरीलाई सर्पले क्षति गराएपछि आमाबाबु जिल्ला अस्पतालमा पुगे तर छोरीलाई बचाउन सफल भएनन् । अस्पतालले लाश आफन्तलाई हस्तान्तरण गर्‍यो तर बोक्नको लागि एम्बुलेन्स प्रदान गरेनन् ।

उनीहरुसँग अरु अस्पतालसँग एम्बुलेन्स झिकाउने रकमपनि बाँकी थिएन । यस पछि, परिवारले प्लास्टिकमा लाश लपेट्यो र मोटरसाइकल बाट बोकेर आफ्नो घरतर्फ लाग्यो ।

जिल्ला सदरमुकामबाट अलि टाढा रहेको गाउँ बनारीको सबरिया डेरा निवासी गोपाल प्रसाद गोंड आफ्नी २ वर्षीया छोरी शीतल गोंड़सँग शुक्रबार खेलिरहेका थिए ।

यसै बीच सर्पले उनकी छोरीलाई क्षति गरायो । जब परिवारलाई थाहा भयो, उनीहरुले पहिला झार´फुक गरेका थिए, तर उनको स्वास्थ्य बिग्रन थालेपछि तत्काल जिल्ला अस्पताल पुर्याइयो ।

त्यहाँ उपचार सुरु हुनुभन्दा अघि शरीरमा सर्प ,वि-ष, फैलिसकेका कारण ती बालिकाको नि-धन भयो । बालिकाको लाश परीक्षण पछि अस्पताल प्रशासनले उनको लाश आमाबाबुलाई हस्तान्तरण गर्यो ।

लाश लिन परिवारले लामो समय सम्म गाडीको खोजी गरिरहेको थियो, तर लकडाउनका कारण फेला पार्न सकेनन् ।

गोपालले भने कि उनले अस्पतालसँग गाडीको पनि माग गरेका थिए तर दिइएन । यस पछि, मृ – त शरीर पलास्टिकमा बेरेर बाइकमा घर लगेर गएका हुन् । साभार जनबोली