Tuesday, October 27For your kind information
Shadow

सनसनी खबर : पानीमा मस्तिष्क खाने सूक्ष्म जीव फेला, धाराको पानी प्रयोग नगर्न चेतावनी, गरेमा हुनेछ यस्तो सम्म

एजेन्सी,असोज ११ ।

अमेरिकी राज्य टेक्ससको लेकमा पानीमा मस्तिष्क खाने सूक्ष्मजीव फेला परेको छ ।

त्यसपछि ज्याक्सनका बासिन्दालाई धाराको पानी प्रयोग नगर्न चेतावनी दिइएको छ।

पानीमा नेग्लेरिया फाउलेरी नामको सुक्ष्म जीव पाएको परीक्षणहरूले पुष्टि गरेको छ।

बीबीसीका अनुसार त्यस्तो सूक्ष्म जीवाणु अमीबाले दिमागमा सङ्क्रमण गर्नसक्छ र त्यो घातक हुन्छ।

लेक ज्याक्सनका अधिकारीहरूले आफूहरूले पानीको आपूर्तिलाई निसङ्क्रमित पारिरहेको र त्यो पूरा हुन कति लामो समय लाग्छ थाहा नभएको जनाएका छन्।

टेक्ससका आठवटा समुदायहरूलाई शुक्रबार राति नै धारामा आउने पानीको प्रयोग शौचालयमा फ्लसका लागि बाहेक नगर्न भनिएको थियो।