Saturday, October 24For your kind information
Shadow

दशैँको मुखमा फेरि लकडाउन गर्ने सरकारको संकेत

काठमाडौँ

नजीवन सामान्य बन्दै गर्दै सरकारले कोरोना संक्रमण नियन्त्रणका भन्दै पुनः लकडाउन गर्ने संकेत गरेको छ ।

विज्ञहरू भने लकडाउनलेमा समस्या समाधान नहुने भएकाले अन्य विकल्प सोच्न सुझाव दिन्छन् ।

निषेधाज्ञा खुकुलो भई जनजीवन सहज बन्दै गर्दा सरकारले दशैँको मुखमा फेरि लकडाउन गर्ने संकेत गरेको छ ।

बिहीवार कोरोना संक्रमितको सक्रिय संख्या करिब साढे १८ हजार पुग्दै गर्दा स्वास्थ्य मन्त्रालयले साता १० दिनमै २५ हजारभन्दा बढी पुग्ने अनुमान गरेको छ ।

कोरोना संक्रमण फैलिन शुरु गर्दै गर्दा गत चैतदेखि असारसम्म करिब चारमहिना लामो लकडाउन भएको थियो । रोगले भन्दा भोकले मर्ने स्थिति आएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले लकडाउन हटाएको थियो ।

लकडाउन हटेको केही समयमै संक्रमित र मृतकको संख्या बढेपछि काठमाडौँ उपत्यकालगायत धेरै स्थानमा निषेधाज्ञा जारी भयो ।

निषेधाज्ञाले पनि असर देखााउन नसकेपछि भदौको अन्त्यतिर खुकुलो हुँदै असोज एकदेखि सार्वजनिक यातायात र हवाइ उडान समेत खुला गरिएको छ ।

जनजीवनमा अंकुश लगाउने तर सुरक्षा सतर्कता नअपनाउने प्रवृत्तिका कारण संक्रमणमा नियन्त्रणमा आउन नसकेको कुरा जगजाहेर नै छ ।

त्यसैले फेरि पनि लकडाउनकै सहारा लिने मनस्थितिबाट सरकार मुक्त हुनुपर्छ ।

Leave a Reply