Friday, October 30For your kind information
Shadow

आज आकस्मिक रुपमा मन्त्रीपरिषदको बैठक बस्दै: यस्तो गम्भीर कुरामा छलफल गर्ने

११ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएकाे छ । आज (आइतबार) मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको विशेष स्रोतले जनाएकाे छ ।

यसअघि शनिबार सम्म मन्त्रिपरिषद बैठक बस्नेबारे कुनै जानकारी थिएन । स्रोतका अनुसार शनिबार मन्त्रिपरिषद बैठक बाेलाउने मनसायमा प्रधानमन्त्री पुगेकाे देखिन्छ ।

पछिल्लाे समय मन्त्रिपरिषद पुनर्गठनकाे चर्चा चुलिएकाे छ, यसैबारे छलफल एवं निर्णय गर्नका लागि प्रधानमन्त्रीले बैठक बाेलाउनुभएकाे अड्कल गरिएकाे छ ।

यसअघि नियमितरूपमा मन्त्रिपरिषद बैठक सोमबार र बाँकी रहेका एजेन्डाका लागि पुनः बिहीबार बस्ने गरेकाे थियाे । पछिल्लाे समय नेकपाका अध्यक्षसमेत

रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका लागि घनिभूत छलफल भएकाे थियाे र यसकाे गृहकार्य अन्तिम चरणमा पुगेकाे स्राेतकाे दाबी छ ।

प्रधानमन्त्री ओलीले गत शुक्रबारकै मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीको बिदाइ गर्ने संकेत गर्नुभएकाे थियाे । न्युज २४ नेपालबाट