Wednesday, October 21For your kind information
Shadow

विश्वमै पहिलो पटक भयो अचम्मको कुरा: रोबर्टले गर्यो क्यान्सरको विरामीको अप्रेसन

एजेन्सी

विश्वमै पहिलो पटक रोबोर्टले चिकित्सकहरुसगँ मिलेर क्यान्सरका बिरामीको अप्रेसन गरेको छ ।

समाचार अनुसार डाक्टरहरुको तीन टिम र रोबोर्टले मिलेर अप्रेसन गरिएका विरामीको रिकभर पनि छोटो समयमा भएको थियो ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाको नोरफोक एण्ड नरविच हस्पिटलको चिकित्सकहरुको निर्णय अनुसार सर्जरीको तीनै स्टेजको काम एकसाथ गरिएको थियो ।

जसका लागि तीन टिम डाक्टरहरु र एक टिमको काम रोबोर्टले गरेको थियो । डेली मेलका अनुसार डा. भिन्सी सी नामको रोबोर्टको चार वटा हात थियो ।

डाक्टरहरुले रोबोर्टलाई जायस्टीक र थ्रिडी स्क्रीनको माध्यमबाट नियन्त्रित गरेर काममा लगाएका थिए ।

५३ बर्षे नागरिकको अप्रेसनमा रोबोर्टका साथ १४ जना डाक्टर खटेका थिए ।

चिकित्सकहरुले भविष्यमा सर्जरीका लागि रोबोर्ट उपयोगी हुन सक्ने र प्रयोग गर्न सकिने बताएका छन् ।