Saturday, October 24For your kind information
Shadow

बलिउडको कंगनालाई स्वरा भास्करको यस्तो धम्कीले कंगनालाई ठूलो संकट

एजेन्सी

पछिल्लो समय जया बच्चन र कंगना रनौतबीचको वाकयुद्धले भारतीय मिडियामा विशेष स्थान पाइरहेको छ । कति बलिउडकर्मीहरू जयाको समर्थनमा छन् भने कोही कंगनाको समर्थनमा ।

 

कंगनाले जयाविरुद्ध दिएको पछिल्लो भनाइलाई निराशाजनक भएको बताउँदै कंगनालाई आफ्नो ‘नराम्रो विचार’ आफूसँगै राख्‍न सुझाएकी छन् ।

 

“बिरामी कंगना । लज्जास्पद टिप्पणी ! कृपया बन्द गर । आफ्नो नराम्रो सोच आफूमै सीमित राख । यदि कसैलाई गाली गर्न मन छ भने मलाई गर ।

म खुसी-खुसी तिम्रो बकवास सुन्‍नेछु र तिमीसँग नालीमा कुस्ती खेल्नेछु,” स्वराले ट्‌विटमार्फत भनेकी छिन्, “भारतीय संस्कृतिमा ठूलालाई सम्मान गर्नु पहिलो पाठ हो र तिमी भन्छौं कि तिमी राष्ट्रवादी हो ।”

कंगनाले जया र चलचित्र उद्योगले उनलाई केही पनि नदिएको भन्दै गरेको ट्‌विटमा स्वराले यस्तो जवाफ फर्काएकी हुन् ।
उक्त ट्‌विटमा कंगनाले लेखेकी छिन्,

“जयाजी र उनको इन्डस्ट्रीले मलाई कुन मौका (थाली) दिएको छ ? एकपटक दुई मिनेटको रोलको मौका मिलेको थियो, एउटा आइटम नम्बर र रोमान्टिक सिन भएको,

मैले यो इन्डस्ट्रीलाई नारीवाद सिकाएको हुँ । थाली देशभक्ति नारी प्रधान फिल्ममा सजाए, यो मैले आफैंले बनाएको मौका हो, तपाईंले दिनुभएको होइन ।”

जयाले संसदमा केही व्यक्तिले फिल्म उद्योगलाई खराब गर्न खोजेको भन्दै जुन थालमा खायो त्यही थालमा आ…।” भनेपछि कंगनाले उत्तरमा यसो भनेकी हुन् ।