Sunday, October 25For your kind information
Shadow

एउटी बालिकाको पेटबाट आधा किलो रौँ र स्याम्पूको खोल निकालेपछि सबैजनाको होस् उड्यो

एजेन्सी

भारतको तमिलनाडुकी एक १३ वर्षीया बालिकालाई लगातार पेट दुख्यो । उनी अस्पताल भर्ना भइन् ।

चिकित्सकले उनको पेटमा आधा किलो रौँ र स्याम्पूको खोल देखिएपछि चिकित्सक हैरान भएका छन् ।

कक्षा सातमा पढ्ने बालिकाले सधैँ पेट दुखेको गुनासो गर्थिन । उनलाई परिवारले उपचारका लागि अस्पताल लगे ।

बिजेएम अस्पतालमा जब चिकित्सकले बालिकाको सिटी गरे,
तब पेटमा फरेनबडी रहेको फेला पर्यो ।

बालिकाको शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रियाबाट चिकित्सकले ५०० ग्राम रौँ र स्याम्पूको खोललगायत भेट्टियो ।

बालिका आफन्तको घरमा लामो समयसम्म बसेकी थिइन् । त्यहीँ समयमा धेरै पहिले उनले भोकले रौँ र स्याम्पूका खोललगायतका खाएको खुलेको छ ।