Tuesday, October 27For your kind information
Shadow

“कुलमानलाई हटाए जिन्दगीभरलाई नेपाली जनाताको मन रुन्छ” वरिष्ट कलाकार मदनकृश्ण श्रेष्ठ

काठमाडौं :

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारीबाट कुलमान घिसिङलाई हटाए जिन्दगीभर जनताले चित्त दुखाउने बताएका छन् ।

सोमबार राति सामाजिक संजालमा एक पोस्ट गर्दै कलाकार श्रेष्ठले ७७ जिल्लाको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरे जनताको मन दुख्ने बताएका हुन् ।

गत आइतबारबाट कुलमान घिसिङको प्राधिकरणको चार वर्षे कार्यकाल सकिएको छ ।

उनको नेतृत्वको प्राधिकरणले नेपाललाई लोडसेडिङमुक्त बनाएको साथै प्राधिकरणलाई मुनाफा पनि दिएको भन्दै अधिकांश नेपालीहरुले उनको जिम्मेवारीको अवधि बढाउनुपर्ने माग गरेका छन् ।

तर, सरकारले भने त्यसमा कुनै चासो देखाएको छैन । यसैबारेमा कलाकार श्रेष्ठले उनलाई नै प्रमुखको जिम्मेवारीमा निरन्तरता दिनुपर्ने माग गरेका हुन् ।

श्रेष्ठले कुलमान ७७ मध्ये कुनै पनि जिल्लाबाट उठेको खण्डमा चुनाव जित्ने भन्दै जनताको मन जितेका व्यक्तिलाई नै निरन्तरता दिनुपर्ने श्रेष्ठको भनाई छ ।