Saturday, October 31For your kind information
Shadow

यस्तो महामारीको बेला आयो अर्को दुःखद खबर : पोर्चुगलको जंगलमा भिषण अगलागी

एजेन्स

मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भिषण आगलागी शुरु भएको छ ।

आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन् ।

राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो देखिएको छ ।

स्थानीय अग्निनियन्त्रक कमान्डर लुइस बेलो कोस्टाले जंगलको आगो झण्डै ५५ किलोभर क्षेत्रमा फैलिएको जानकारी दिनुभयो ।

पोर्चुगलमा हरेक वर्ष ठूलो वन डढेलो लाग्ने गर्दछ । कमजोर वन व्यवस्थापन आगलागीको मुख्य कारण रहेको बताइएको छ ।

तीन वर्षअघिको वन डढेलोमा परेर १०६ जनाको ज्यान गएको थियो ।