Friday, October 30For your kind information
Shadow

एकदमै खुसीको खबर : चीनले विकास गरेको कोरोनाको भ्याक्सिन नोभेम्बरसम्ममा बजारमा हुने

एजेन्सी

चीनले विकास गरिरहेको कोरोनाविरुद्धको भ्याक्सिन आउँदो नोभेम्बरभित्रमा तयार हुने सम्भावना रहेको जनाइएको छ ।

 

चिनियाँ नागरिकले आउँदो नोभेम्बर महिनाको सुरुबाट कोरोनाको भ्याक्सिन लिन सक्ने अनुमान गरिएकाे चिनियाँ सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल सेन्टरले जानकारी दिएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ ।

 

विश्वभर विभिन्न नाैवटा भ्याक्सिन तेस्रो चरणको क्लिनिकल परीक्षणका क्रममा जारी रहेका छन् । त्यसमध्ये पाँचवटा भ्याक्सिन चीनले विकास गरेका हुन् ।

यदि यो परीक्षण निरन्तर अघि बढेमा नोभेम्बरको पहिलो साता वा डिसेम्बरको पहिलो साताभित्र चीनका सामान्य नागरिकले कोराेनाविरुद्धको भ्याक्सिन लिन सक्ने अवस्था आउने उनले बताए ।

उनले आफूले गत अप्रिलमा स्वयंसेवकका हिसाबले भ्याक्सिन लिएको र यसले अहिले राम्रो गरिरहेको महसुस भएको अनुभव सुनाए । यो भ्याक्सिन एक वर्षदेखि तीन वर्षसम्म प्रभावकारी रहने उनले बताए ।

विश्वभर ३० वटा कोरोना भाइरसविरुद्धका भ्याक्सिन क्लिनिकल परीक्षणको चरणमा पुगेका थिए । त्यसमध्ये नाैवटा भ्याक्सिन मात्र तेस्रो चरणको क्लिनिकल चरणमा हाल परीक्षण भइरहेको छ ।