Tuesday, October 20For your kind information
Shadow

श्रीमानले आफ्नै श्रीमती र छोरालाई बेचेपछि, कोठीबाट भागेर नेपाल आएर भने यस्तो अचम्मको कुरा

काठमाडौ

आफ्नै श्रीमानले भारतमा लगेर बेचेको घटना सार्वजनिक भएको छ । श्रीमानसंग भारत गएकी उनलाई श्रीमानले नै बेचेर आए पछि उनी भागेर नेपाल आइपुगिन् ।

श्रीमानले भारतमा अरु पुरुषसंग सम्बन्ध राख्न समेत लगाएको महिलाले बताएकी छन् । धनगढीकी महिला अहिले भागेर नेपाल आएपछि घटनावारे जानकारी गराएकी छन् ।

छोरासंगै भारत गएकी महिललाई छोरासंगै बेचेको महिलाले बताएकी छन् । आफु बेचिएको उनले सोही दिन थाहा पाएको बताएकी छन ।

विवाह गरेर घरमा गएपछि उनलाई घरमा पनि परिवारका सदस्यले निकै दुख दिने गरेका थिए । परिवारमा निकै दुख सहेकी उनलाई श्रीमानले भारतमा लिएर गएका थिए ।

भारतमा गएपछि उनलाई श्रीमानले रातीमा काममा जान पठाए । जसको घरमा काम गर्न गइन् उनले तँलाई तेरो श्रीमानले बेचेर नेपाल फर्किसक्यो भनेर सुनाएपछि थाहा पाएको बताइन् ।

अहिले उनी अस्वास्थ्य छन् । मुटुको विरामी उनी उपचार गराउन चाहन्छिन् । तर नेपाल आएपछि उनले आफुलाई न्याय दिन कसैले सहयोग नगरेको बताइन् ।

नेपालमा भएको घर र सम्पत्ती सबै बेचेर उनले अब म तँलाई सुख दिन्छु भारत लगेर बसौं भनेर छोरा सहित उनी श्रीमानको साथ लागेर गइन् ।

उनले विश्वास गरेर भारत गएपछि, यसरी बेच्छ होला भनेर शंका पनि लागेन । उसको बच्चा स्कूलवाट लिएर आउँछु भन्ने वहाना बनाएर उनी घरवाट निस्केर छोरा लिएर भागेको बताइन् ।

उनले छोरा लिएर भाग्दाको अवस्था सम्झिदा अहिले पनि रुन्छिन् । यता घरमा बुवाको निधन भएको थियो । आमासंग सम्पर्क गर्ने फोन पनि थिएन ।

भारतको रेलको लिकमा आएपछि उनी भक्कानिएर रोइन् सबैले सुन्नेगरी अनि कसैले उनलाई सहयोग गरेर हिमाञ्चलसम्म आइपुगिन् । श्रीमान एउटा छोरा र एउटा छोरी लिएर उनलाई र कान्छो छोरालाई बेचेर नेपाल आएको बताइन् ।