Friday, October 30For your kind information
Shadow

भक्तपुर घटनामा आयो यस्तो खुलासा : छिमेकीले दिएको बायनले सबैको होस् उडायो

काठमाडौ

एकै घरका तीन जना सहित कुकुरको पनि निधन भएपछि भक्तपुरको यो घटना रहस्यम देखिएको छ । केही दिन अघि नै एउटा घरका सबै सदस्यको निधन हुँदा पनि न छिमेकीले थाहा पाए न प्रहरीले ।

नयाँ पसल खोलेको केही दिनमै उनीहरुको निधन भएको हो । नयाँ पसल खोलेका कारण वरपरका छिमेकीले पनि त्यो थाहा पाएका थिए । पसल खोलेको भोलीपल्ट देखि नै उनीहरुको घरको ढोका खुलेन ।

निषेधाज्ञा भएका कारण पसल नखुलेको हुन सक्ने अनुमान छिमेकीले गरे । घरमा श्रीमान श्रीमती र एक छोरा बस्थे । उनीहरुले एउटा कुकुर पनि पालेका थिए । घरमा भएका सबैको निधन भएको अवस्थामा फेला परेका हुन् ।

देउरानी एक्कासी रुँदै र कराउँदै बाहिर निस्केको देखेपछि छिमेकी भेला भएका थिए । उनीहरुले देउरानी आएर रुँदै बाहिर निस्केपछि मात्र आफुहरले सुनेको बताएका छन् ।

भक्तपुरको निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको निधन भएको हो ।

उनीहरुले पालेको कुकुर पनि म रे को थियो । पसल सञ्चालन गरेका उनीहरु छिमेकीसंग त्यती घुलमिल हुने ब्यवहारका थिएनन् । उनीहरु आफ्नो काम गर्थे कसैसंग कुराकानी गर्ने र कसैको घरमा जाने आउने गर्ने पनि गर्थेनन् ।

मथिनपा–६ कुण्डोल बस्ने सुदीपका भाइ सुनिल अधिकारी र उनको श्रीमती शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृ त देखेपछि घटनाबाहिर आएको थियो ।

अहिले घर नजिकै यस्तो घटना हुँदा टोलमा स्थानिय डराएका छन् । कुरा गर्दा पनि सबैको आँखामा आँशु आएका छन् ।दिनरात जतिबेला पनि त्यो घटना याद आउँछ उनको घर नजिकै घर भएकी छिमेकी महिलाले भनिन् ।

उनले अधिकारी परिवारले कहिल्यै कसैसंग विवाद नगर्ने र उनीहरुका घरमा कहिल्यै विवाद भएको आफुले थाहा नपाएको बताएकी छन् । कोही विवाद गर्न आएको पनि थाहा छैन, उनीहरुले पनि कसैसंग विवाद गरेका थिएनन्, उनले भनिन् ।