Friday, October 30For your kind information
Shadow

सलाम छ यी श्रीमानलाई, सबैले आस मारेकी श्रीमतीलाई यसरी बचाए, भगवान जस्तै श्रीमान।

काठमाण्डौ

निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी स’म्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कु’टपि’ट गर्ने, यातना दिने गरेका घ’टना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् ।

 

तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्र’माणित गर्दैछन् ।

 

विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’

२०७२ सालको बैशाख २४ गते विनोद र अनिता वैवाहिक सम्बन्धमा बाँधिए । त्यो मागी विवाह थियो । विनोद अहिले २७ वर्षका भ एभने अनिता २४ वर्षकी ।

उनीहरूको वैवाहिक जीवन राम्रोसंग चलिरहेको थियो । हाँसी खुसी थिए । विहेको २ वर्षपछि छोरी आहानाको आगमनले उनीहरूको खुसी झन् बढ्यो ।

सायद विनोद र अनिताको सुखद् जीवन दैवलाई रुचेन । अनितालाई एक्कासी टाउको दु’ख्ने रोगले सताउन थाल्यो । उनीहरूले चेकअप गराए । चिकित्सकको सल्लाह बमोजिम औषधि खान थालिन् अनिता ।

औषधिले सायद काम गरेन । उनलाई ब्रेन हेमरेज भयो । त्यो घटनाले विनोदले सारा खुशी र सपना ऐना फुटेसरह टु’क्राटु’क्रामा परिणत भएको महसुस गरे । तर पनि श्रीमतीलाई जसरी पनि बचाउने अभियानमा लागे ।

श्रीमती बिनाको जीवन अधुरो सोचिसकेका उनले पैंसा, समय, हेरचाह जे–जे आवश्यक पर्छ, सबै जोहो गर्ने अठोट गरे । र लागे राम्रो भन्दा राम्रो उपचारको खोजीमा ।