Thursday, October 29For your kind information
Shadow

लकडाउनका कारण एक मजदूरले खाना नपाएपछि खान थाले घाँस !

एजेन्सी

लकडाउनको समयमा अहिले सामाजिक सञ्जालमा भारतको एक भिडियो भाइरल बनेको छ । भिडियोमा एक मजदुरले थालीमा घाँस राखेर खाएको देख्न सकिन्छ । भाइरल भएको यो भिडियो पाँच मिनटको छ ।

यस भिडियोमा यी व्यक्तिले कसरी घाँस चबाउँछन् र नजिकै राखेको पानीको बोतलबाट पानी पिउँछन् भन्ने देख्न सकिन्छ । त्यसपछि ती व्यक्ति त्यहीँ सुत्छन् । त्यही भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

भारतको बिएसएनएलमा कार्यरत सुरक्षाकर्मीले तलब नआएपछि बाध्यतामा घाँस खाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यी व्यक्तिको नाम संजीव हो ।

पञ्जाबका स्थायी बासिन्दा उनी गुरुग्राममा बिएसएनएल कम्पनीमा सुरक्षा गार्डकोरुपमा काम गर्थे । कम्पनीले दुईमहिनासम्म पनि तलब नदिएपछि उनले समस्यामा परेर यस्तो कदम चालेका हुन् ।