Tuesday, October 20For your kind information
Shadow

रियले सारा अलि खानको बारेमा गरिन् एकदमै ठूलो खुलासा: खान परिवार तनाबमा

एजेन्सी

सुशान्त सिंह राजपुतको निधन पछि बलिउडमा एक पछि अर्को झ ड्का लाग्दै गएको छ । उनको निधनले बलिउड २ धारमा बाडिएर अनेक तर्क र बितर्क गर्न थाले ।

अनुसन्धान गर्दै जाँदा नयाँ नयाँ कुरा बाहिर आइरहेका छन् ।बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेपछि धेरै व्यक्तिहरु यो घटना जोडिने अनुमान गरिएको छ ।

उनी आफैले पनि ड्र ग्स सेवन गर्ने गरेको कुरा स्वीकारेकी छिन् । उनीले आफुले सेवन गर्ने कुरा स्वीकार्दै बलिउडमा ८० प्रतिशत भन्दा बढी कलाकार कुलतमा रहेको बयान दिएको विभिन्न सञ्चारमाध्यमहरुले बताएका छन् ।

८० प्रतिशत भन्दा बढी कलाकार कुलतमा रहेको बयान दिएर नपुगे पछि रियाले नामै तोकेर आलोचना गर्न थालेको छिन् । उनले सारा अलि खान र राकुल प्रित सिंहको नाम जोडेपछि बलिउडमा तहल्का मच्चिएको छ ।

रियाले अब कस्कस्लाई मात्र फसाउने हुन् भनेर सबै तनावग्रस्त अवस्थामा देखिन थालेको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।