Saturday, October 31For your kind information
Shadow

चीनको कालो करतुत : कोरोना मानव निर्मित भएको प्रमाण आफुसँग नै रहेको लि-मेंगको दाबी

काठमाडौँ, २७ भदौ :

चीनकी महिला भाइरोलजिस्ट लि-मेंग यानले कोरोना भाइरस मानव निर्मित रहेको आरोप लगाएकी छिन् । उनले कोरोना भाइरस मानव निर्मित रहेको र सो सम्बन्धि पर्याप्त प्रमाणहरु आफुसंग रहेको दाबी गरेकी छन् ।

लि- मेँगले कोरोना भाइरस चीनको वुहान राज्यको मासुपसलबाट आएको नभई कुनै ल्यावबाट उत्पति भएको बताएकी छिन् । उनले कोरोना भाइरस वुहानको मासु पसलबाट उत्पति नभएको भए कसरी उत्पत्ति भयो भन्ने प्रश्नमा,

यो वुहानको कुनै ल्याबबाट उत्पत्ति भएको र यो प्राकृतिक नभएर मानव निर्मित भएको बताएकी छिन् । साथै उनले छिट्टै यो भाइरस मानव निर्मित भएको पुष्टि गर्ने समेत बताएकी छिन् ।

उनले चीन सरकारमाथि गम्भीर आरोप लगाउँदै भाइरसको विषयमा चीनले नै धेरै कुराहरु लुकाएको आरोप लगाएकी छिन् । अमेरिकादेखि युरोपका कैयौं देशहरुले समेत यो खतरनाक भाइरसको उत्पत्तिलाई लिएर चीनलाई नै जिम्मेवार ठान्दै आएका छन् । (एजेन्सिको सहयोग बाट)