Friday, October 30For your kind information
Shadow

उर्जामन्त्रीको नजरमा अर्कै मान्छे : कुलमानलाई अब प्राधिकरणमा फेरि नदोहोराइने

काठमाडौं

 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिदैछ । तर मन्त्रालयले नयाँ कार्यकारी नियुक्ति गर्ने विषयमा कुनै निर्णय गरेको छैन ।

 

जसका कारण भदौ २९ गते पछि विद्युत प्राधिकरण नेतृत्वविहिन हुने भएको छ । समाचारहरुमा शुक्रवार कुलमानलाई नै पुन कार्यकारी निर्देशकमा नियुक्त गर्ने भन्दै लेखिएको थियो ।

 

तर ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नै त्यसको खण्डन गरेको छ। मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नै अहिले कुनै प्रकृया अगाडी नबढेको बताएका छन् ।

 

उनले अब प्रकृया सुरु हुने बताएका छन् । शुक्रवार बस्ने मन्त्रीपरिषद बैठकमा उर्जा मन्त्रीले कुलमानलाई नै पुन नियmुक्त गर्ने वारे प्रस्ताव लैजाने कुरा समाचारमा बाहिरिएको थियो ।

 

तर घिमिरेले अहिलेसम्म मन्त्रालयले कुनै खालको प्रस्ताव नगरेको बताएका छन्। त्यस्तै,नेपाल विद्युत प्राधिकरण भदौ २८ गतेपछि कार्यकारी निर्देशकविहीन हुँदैछ ।

 

२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा प्रमुखका रुपमा कसको प्रवेश हुन्छ भन्ने जनचासो छ ।

 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार (आज)सम्म कार्यकारी निर्देशक नियुक्तिको कुनै प्रक्रिया अघि बढाएको छैन । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार अब छिट्टै कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया सुरु हुनेछ ।

 

प्राधिकरणजस्तो महत्वपूर्ण निकायको नेतृृत्व लामो समय खाली राख्न नहुने भन्दै सचिव घिमिरेले अब प्रक्रिया थाल्न लागिएको बताए ।

 

‘अहिलेसम्म मन्त्रालयले कुनै खालको प्रस्ताव गरेको छैन, हामी प्रक्रिया अघि बढाएर छिट्टै मन्त्रिपरिषदमा प्रस्ताव लैजान्छौं,’उनले भने,‘कसलाई नियुक्त गर्ने भन्ने विषय मन्त्रिपरिषदको हो ।’