Friday, October 23For your kind information
Shadow

सरकारलाई पर्यटन व्यवसायिको प्रश्न: माम खान पाएनौँ सरकार,हामिलाई बचाउने कि नबचाउने ?

भाद्र २६:

पर्यटन मजदुर आन्दोलनमा उत्रिएका छन्। कोभिड १९ को कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुका लागि सरकारले कुनै राहतका प्याकेज नल्याएको भन्दै पर्यटन मजदुरहरु आन्दोलित भएका हुन्।

चैत ११ देखि गरेको लकडाउन र त्यसपछि पुनः गरिएको निषेधाज्ञामा समेत कुनै राहत नपाएको उनीहरुले बताएका छन्।पर्यटन मजदुरका लागि भनेर बनाइएको कल्याणकारी कोष समेत उपयोगमा नभएको भन्दै मजदुरहरु एकजुट भएर पर्यटन मजदुर संघर्ष समिति गठन गरेका छन्।

‘यति लामो समय काम बन्द हुँदा मजदुर कसरी बाँचेका छन्, कसैलाई मतलब छैन’, पर्यटन सेवा समाजका अध्यक्ष समेत रहेका राईले नेपालखबरसँग भने, ‘नेपालको पर्यटन क्षेत्रको विकासका लागि मजदुरको योगदान कसैले देखेन। अब फेरि पर्यटन क्षेत्र खुल्दा हामी मजदुरविना कसरी पर्यटन क्षेत्र चल्छ?’