Saturday, October 31For your kind information
Shadow

व्यवसायीको अटेर : सरकारले नदिएपनि अब व्यावसायीले जिल्ला बाहिर गाडी चलाउने

काठमाडौं

 

यातायात व्यवसायीहरुले जिल्ला बाहिर जाने गाडी चल्न नदिए आफै चलाएर देखाउने चेतावनी सरकारलाई दिएका छन् ।

 

यातायात व्यवस्था विभागमा धर्ना दिदै व्यवसायीले सरकारले आफूहरुमाथि ठूलो अन्याय गरिरहेको बताए ।

अब अन्तिम रुपमा असोज १ गतेदेखि गाडी चल्न नदिए आफै लामो दुरीका गाडी खोल्ने चेतावनी व्यवसायीले दिएका हुन् ।

७ महिनादेखि गाडी थन्काएर बस्नुपर्दा जीविकोपार्जन मै समस्या परेको र ऋण तिर्न नसक्ने अवस्था आएको भन्दै सरकारले अब सतकर्ता अपनाएर सवारी खोल्न माग गरेका हुन् ।