Saturday, October 31For your kind information
Shadow

बलिउडमा मच्चियो ठूलो तहल्का: यसरी यी २५ सेलिब्रेटी पनि फन्दामा परे

एजेन्सी

रिया चक्रबतिसँग लगातार तेस्रो दिन सोधपुछ गरिरहेको छ । रियालाईआज ड्र ग्सको मामिलामा दिल्लीबाट आएको एसआइटी समूहले सोधपुछ गर्दैछ ।

रियालाई शोविक र मिरान्डाको अगाडफ राखेर सोधपुछ गरिएको पनि बताइएको छ । उनी आज प क्राउ पर्नसक्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

रिया चक्रवर्तीको घरबाट एनसीबीले लगेका विद्युतीय उपकरणले उनीबारे निकै ठूलो खुलासा गरेको छ । अनुसन्धानमा बताइए अनुसार सन् २०१७–२०१८–२०१९ मा रियाको ड्र ग्स मण्डली निकै सक्रिय थिए ।

अनुसन्धान एजेन्सीले घरबाट लगेको विद्युतीय उपकरणमा ड्र ग्सको मण्डलीसँग जोडिएका तस्बिर, भिडियो, ह्वाट्सएप च्याट, एसएमएस बरामद गरेको छ । यसमा बलिउडका २५ कलाकार पनि जोडिएको सञ्चारमाध्यमहरुले बताएका छन् ।

पिंकभिल्लामा प्रकाशित एक समाचार अनुसार एनसीबीले चाँडै नै यी बलिउड कलाकारलाई सोधपुछ गर्नेछ ।

यसका साथै, रियाले सोधपुछको तेस्रो दिन आफूले ड्र ग्स लिने गरेको कुरा स्विकारेकी छिन् । यसअघि रियाले आफूले कहिले पनि ड्र ग्सको सेवन नगरेको बताउँदै आएकी थिइन् ।

रियाले ती बलिउड पार्टीको नाम पनि भनेकी छिन् जहाँ ड्र ग्सको सेवन गर्ने गरिन्छ । एनसीबीले सुशान्तका सह–कलाकार र अभिनेतालाई पनि सोधपुछ गर्ने बताइएको छ ।

करण जोहरको निकट रहेका सेलिबेटीहरु फन्दामा पर्न सक्ने बुझिएको छ । अर्जुन कपुर, मलाईका अरोरा, बिक्की कौशल, दिपिका पादुकोणलगायतका कलाकारहरु फन्दामा पर्ने बताइएको छ ।