Friday, October 23For your kind information
Shadow

काठमाडौं उपत्यकामा अब बार अनुसार मात्र पसल खोल्न पाइने, हेर्नुहोस् कुन बार कुन पसल खुल्ने

काठमाडौं उपत्यकामा शर्तसहित केही खुकुलो बनाएर भदौ ३१ गतेसम्म लम्ब्याइएको निषेधाज्ञामा बार अनुसार व्यापार/व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु साताको सोमबार बुधबार र शनिबार मात्र खोल्न पाइने भएको छ ।

 

त्यस्तै, स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पलसहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने भएको छ ।

यसै गरी फर्निचर, अटो मोबाइल सम्बन्धी पसलहरु साताको सोमबार र बुधबार मात्र खोल्न पाइनेछ ।

त्यसोत, फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रोनिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु विहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न पाइने भएको छ ।

त्यस्तै, सहकारी संस्थाहरु स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न सकिने पनि जनाइएको छ ।