Saturday, October 31For your kind information
Shadow

कोरोनाको नाममा चीनले गर्दै यती ठुलो ष’ड्यन्त्र: आखिर किन यस्तो गर्दै छ चीन ?

चीन सरकारले हङकङमा मास टेस्टिंग अर्थात धेरै मानिसहरुको कोरोना परीक्षण गर्ने योजना अघि सारेको छ । यद्यपी चीनले कोरोना भाइरसको परीक्षणका नाममा मानिसहरुको डिएनए अर्थात वंशाणुगत जानकारी संकलन गरिरहेको आशंका गरिएको छ ।

 

स्वेइच्छिक रुपमा सुरु भएको यो मास टेस्टिंगमा चिनियाँ स्वास्थ्यकर्मीहरुले सहयोग गरिरहेका छन् । शनिबार यो टेस्टको रजिस्ट्रेसन खुलेसँगै फ्रिमा कोरोना परीक्षण गराउनका लागि ५ लाख भन्दा बढीले फारम भरिसकेका छन् ।

 

हङकङको जनसंख्या करिब ७५ लाख रहेको छ । स्वास्थ्यकर्मीहरुको युनियनले चीनले यसरी निशूल्क कोरोना परीक्षण गरिदिनुमा कुनैं न कुनै योजना रहेको आशंका गरेका छन्  ।

यद्यपी त्यहाँको प्रशासनले भने यो कुारको विरोध गर्दै मास टेस्टिंगले कोरोना भाइरसको नियन्त्रणमा सहयोग गर्ने बताएको छ ।