Tuesday, October 20For your kind information
Shadow

कमिसनको लोभमा मन्त्री योगेश भट्टराइले विदेशमा फसेका नेपाली ल्याउन लगाए रोक

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साउदी अरबमा अलपत्र परेका नेपाली नागरिकलाई निशुल्क स्वदेश ल्याईदिने प्रस्ताव कमिसनको लोभमा अहिलेसम्म रोकिदिएको सार्वजनिक भएको छ ।

 

वरिष्ठ पत्रकार विनोद त्रिपाठीले पर्यटन मन्त्रालयका एक अधिकृतलाई उल्लेख गर्दै ‘साउदीमा अलपत्र नेपालीलाई इत्तेहाद एयरलाइन्सले निशुल्क ल्याइदिने प्रस्ताव संस्कृति,

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भदौ १४ मा प्रस्ताव गरेको तर, निशुल्क ल्याउन पाउँदैनौ भनेर उक्त प्रस्ताव अहिलेसम्म रोकिएको’ सामाजिक सञ्जाल फेसबुकमा उल्लेख छन् ।

मन्त्री भट्टराईले ‘नेपालीलाई निशुल्क ल्याउन हुँदैन, उनिहरुले कमाएको पैसाको के काम भयो र ? खुरुक्क चार्टड उडान गर्ने र दोब्बर भाडा लगाएर स्वदेशकै एयरलाइन्सबाट ल्याउने अडान लिइरहेको’ समेत उनले उल्लेख गरेका छन् ।

युवा पुस्तामाझ निकै लोकप्रिय भनिएका पर्यटनमन्त्री भट्टराईको यो कदमलाई निर्दयी र निर्मम अपराध भएको टिप्पणी गर्दै पत्रकार त्रिपाठीले यसको विरुद्ध आवाज उठाउन सारा नेपालीलाई आग्रह समेत गरेका छन् ।

विदेशी भूमिमा अलपत्र परेका हजारौं नेपाली नागरिकलाई विदेशीले दया र सहयोग गर्न कोशिश गर्दा गर्दै नेपाल सरकारका जिम्मेवार मन्त्रीको यस्तो अपराध गर्दा सम्म हामीले कसरी सहेर बसेका छौं भन्ने प्रश्न गर्दै भट्टराईलाई के कारबाही गर्ने प्रश्न गर्दै अब पनि तपाईं मन्त्री भट्टराईलाई भोट दिनुहुन्छ ? भन्ने पेचिलो प्रश्न समेत गरेका छन् ।