Saturday, October 31For your kind information
Shadow

पेट दुखेर अस्पताल जचाउँन पुगेका एक पुरुषको गर्भवती भएको रेपोर्ट आएपछि…

केही घटनाहरु यस्ता हुन्छन् सुन्दा मात्र पत्यार लाग्दैन । तर बाध्यता हुन्छ की घटना सत्य हो । महिलाहरु गर्भवती भएको र पुरुष गर्भवती हुन नसक्ने कुरा बुझ्दै र देख्दै आएका छौ । तर पुरुष गर्भवती भएको कुरा भने सायदै कसैले नसुनेको हुनुपर्छ ।

 

भारताको उत्तर प्रदेशमा एक युवक गर्भवती फेला परेका छन् । उक्त व्यक्ति कसरी गर्भवती भए भन्ने खबरले अहिलेको सामाजिक सञ्जाल तातेको छ ।

उक्त व्यक्ति कसरी गर्भवती भए भन्ने खबर बाहिर नआएको भए पनि उनलाई अस्पतालले गर्भवती भएको रिपोर्ट दिएपछि सबै चकित बनेका छन् ।

कासगञ्ज जिल्लाको अलिगञ्ज निवासी वर्ष २२ का एक युवक सीमेन्ट फ्याक्ट्रीमा काम गर्ने गर्थे । दर्शन नाम गरेका ती व्यक्तिको पेट केहि महिना अगाडिबाट अधिक नै दुखिरहेको थियो ।

जसका कारण उनलाई धेरै नै पीडा भइरहेको थियो । उनी काम गर्न पन नसक्ने अवस्थामा पुगिसकेका थिए । पेट अति नै दुख्न थालेपछि उक्त युवक अलिगढस्थित रामद्दाट रोडमा रहेको सनराइज अस्पतालमा पेट चेकअपका लागि गए ।

युवकले अस्पतालमा केहि महिना यता पेटमा अत्याधिक पीडा महशुस भएको खबर डाक्टरलाई भनेपछि डाक्टरले उनलाई अल्ट्रासाउण्ड गर्न सल्ल्लाह दिए । त्यसपछि डाक्टरले उनको सबै शरीरको परिक्षण गरे ।

दिनभरको परिक्षण पछि बेलुकाको समयमा उनको रिपोर्ट निकालियो ।  डाक्टरले उनलाई पेटमा बच्चा भएको कारण धेरै पीडा हुने गरेको बताए ।