Monday, October 26For your kind information
Shadow

नेपाललाई साक्षर देश घोषणा गर्ने तयारिमा प्रधानमन्त्री: देशमा सबै पढेका मान्छे मात्रै छन त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले ५४औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै साक्षर नेपाल घोषणा गर्नेतर्फ सरकार केन्द्रित रहेकाे बताउनुभएकाे छ ।

 

प्रधानमन्त्री ओलीले सरकारले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकहरुलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवन पर्यन्त सिकाइको आधार तयार गर्ने उद्देश्य राखेको बताउनुभएकाे छ ।

 

उहाँले निरक्षर नेपालीलाई साक्षर बनाउनु हाम्रो मूख्य लक्ष्य हो भन्दै प्रधानमन्त्री ओलीले हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेको दाबी गर्नुभयाे ।

‘हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि: शुल्क तथा माध्यमिक तहको शिक्षा निशुल्क पाउने हक सुनिश्चित गरेको छ,’ शुभकामना सन्देशमा भनिउकाे छ,

‘यस्तो संवैधानिक सुनिश्चिततालाई हामीले कार्यान्वयन गरेका छौं । विद्यालय जाने उमेर नाघेका नागरिकहरुका निमित्त जीवन उपयोगी शिक्षाका अवसरहरु प्रदान गर्दै जीवन पर्यन्त सिकाइका

अवसरहरु जुटाउने विषय समेत सरकारको प्राथमिकतामा छ । यसका निमित्त साक्षरता तथा साक्षरोत्तर कार्यक्रमका साथै स्वअध्ययनलाई प्रवद्र्धन गर्ने कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।’